close

आफ्नै फाइभजी चिपसेट निर्माण गर्दै ह्वावे

टेकपाना टेकपाना

मंसिर २४, २०७८ १२:४१

आफ्नै फाइभजी चिपसेट निर्माण गर्दै ह्वावे

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ह्वावेले आफ्नै फाइभजी चिपसेट निर्माण गर्ने भएको छ । फाइभजीमा अन्य देश तथा कम्पनीसँग भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गर्न कम्पनीले आफ्नै फाइभजी चिपसेट विकास गर्न लागेकाे हाे ।

ह्वावे कन्जुमर बिजनेशका अध्यक्ष डेरेर यूले हाल कम्पनीको रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरमा फाइभजी चिपसेटका लागि काम भइरहेको जानकारी दिएका छन् ।

एक कार्यक्रममा बाेल्दै उनले सन् २०२२ भित्रै फाइभजी चिपसेट तयार पारी उत्पादन नै सुरु हुने बताए । हुन त ह्वावेले यसअघि फाइभजी चिपसेटको रुपमा किरिन ९००० उत्पादन गरेको थियो ।

कम्पनीले टीएसएमसीसँगको सहकार्यमा यो चिपसेट निर्माण गरेको हो । तर, अमेरिकाले फाइभजी प्रविधिमा लगाएको प्रतिबन्धका कारण टीएसएमसीसँगको ह्वावेको सम्झौता पनि रोकिएको छ ।

अमेरिकाले ह्वावेलाई देशमा मात्रै प्रतिबन्ध नभएर आफ्नो देशमा उत्पादन हुने कुनै पनि प्रविधि प्रयोगमा रोक लगाएको हो । त्यो सँगै हाल ह्वावेले फोरजी चिपसेटका लागि क्वालकमसँग सहकार्य गरिरहेको छ भने फाइभजीका लागि आफूसँग बाँकी रहेको चिपसेट प्रयोग गरिरहेको छ ।

तर, स्टकमा रहेको फाइभजी चिपसेटले धेरै नधान्ने भएसँगै कम्पनीले आफ्नै फाइभजी चिपसेट निर्माण गर्ने तयारी गरेको हो । यस्तोमा कम्पनीले आफैंले चिपसेट निर्माण गरी आगामी वर्ष प्रयोगकर्तामाझ फाइभजी स्मार्टफोन उपलब्ध गराउने बताएको हो ।

यूका अनुसार कम्पनीले सन् २०२२ सँगै युरोपियन मुलुकमा हाम्रोनी ओएसमा आधारित स्मार्टफोन उपलब्ध गराउने छ ।

उनका अनुसार हालसम्म १५० मिलियन डिभाइस हार्मोनी ओएसमा आधारित भएर चलिरहेका छन् । भने, यो वर्षको अन्त्यसम्ममा २०० मिलियन डिभाइसमा हार्मोनी ओएस हुनेछ ।

तर, ३०० मिलियन डिभाइसमा हार्मोनी ओएस उपलब्ध गराउने कम्पनीको योजना छ । त्यसमा २०० मिलियन आफ्नै प्रडक्ट हुनेछन् भने बाँकी १०० मिलियन अन्य ब्राण्डका प्रडक्ट हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२