काठमाडौं । नेपाली बजारमा ‘भिभो वाई १५’ एस सार्वजनिक भएको छ । मंगलबार एक कार्यक्रम गर्दै कम्पनीले ‘वाई’ सिरिजको नयाँ स्मार्टफोन बजारमा ल्याएको हो ।
शक्तिशाली र लामो समयसम्म टिक्नेगरी यो स्मार्टफोन निर्माण गरिएको कम्पनीको दाबी छ । यसमा ५००० एमएएच ब्याट्री, साइड माउन्टेड फिङ्गरप्रिन्ट टेक्नोलोजी, डुअल एआई क्यामेरा लगायतका फिचर छन् ।
कम्पनीका अनुसार शक्तिशाली ह्यान्डसेट रुचाउने नयाँ पुस्ताको लागि यो स्मार्टफोन उपयोगी छ ।
यसमा ६.५१ इञ्चको हेलो फुलभ्यु डिस्प्ले विथ आई प्रोटेक्सन टेक्नोलोजी समावेश गरिएको छ, जसका कारण दिनभर फोन चलाउँदा पनि आँखामा थकान महसुस नहुने जनाइएकाे छ ।
एन्ड्रोइड ११ गो संस्करणमा आधारित फनटच ओएस ११.१ मा चल्ने फोनमा १३ मेगापिक्सेलको मुख्य क्यामेरा र २ मेगापिक्सेलको म्याक्रो क्यामेरा छ । त्यस्तै सेल्फी पारखीका लागि वाटर ड्रप नचसहित ८ मेगापिक्सेलको क्यामेरा दिइएको छ ।
३ जीबी र्याम तथा ६४ जीबी इन्टर्नल स्टाेरेज भेरियन्टमा उपलब्ध याे स्मार्टफोनकाे मूल्य १९ हजार ९९९ रूपैयाँ निर्धारण गरिएकाे छ ।