close

रे-वनको स्मार्ट ग्लासले अब म्यासेन्जर सपोर्ट गर्ने

टेकपाना टेकपाना

पुस २, २०७८ ११:४

रे-वनको स्मार्ट ग्लासले अब म्यासेन्जर सपोर्ट गर्ने

काठमाडौं । रे-वनको स्टोरिज स्मार्ट ग्लासले अब फेसबुक म्यासेन्जर समेत सपोर्ट गर्ने भएको छ । फेसबुक र रे-वन मिलेर केही महिना अघि स्मार्ट ग्लास सार्वजनिक गरेका थिए । सोही स्मार्ट ग्लासको सफ्टवेयरलाई अपग्रेड गर्दै म्यासेन्जरको सुविधा थप गरिएको हो ।

यो सँगै रे-वन स्मार्ट ग्लास प्रयोगकर्ताले ग्लासबाटै म्यासेज पठाउने र प्राप्त गर्न सकिने छ । मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले बुधबार यस विषयमा जानकारी दिएका हुन् । उनका अनुसार यो फिचर केही स्मार्ट ग्लासबाट परीक्षणको रुपमा सुरु भएको छ ।

‘ग्लासमा भएको माइक, स्पिकर र एसिस्टेन्टको सहायताले म्यासेज पठाउन सकिने छ,’ उनले भनेका छन्, ‘साथै ग्लासको स्क्रिनबाटै आएको म्यासेज पढ्न र म्यासेन्जरमा अडियो कल समेत गर्न सकिने छ ।’
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२