close

सस्तो मूल्यमा ३०० एमबीपीएस इन्टरनेट ल्याउँदै डिशहोम

टेकपाना टेकपाना

पुस ५, २०७८ १७:१८

सस्तो मूल्यमा ३०० एमबीपीएस इन्टरनेट ल्याउँदै डिशहोम

काठमाडौं । डीटीएच एवं इन्टरनेट सेवाप्रदायक डिशहोमले नयाँ इन्टरनेट प्याकेज ल्याउने भएको छ । कम्पनीले केही दिनमै ३०० एमबीपीएसको उच्च गतिको फाइबर इन्टरनेट बजारमा ल्याउने भएको हो ।

कम्पनीका जनरल म्यानेजर रमेश सापकोटाका अनुसार ग्राहकले निकै सस्तो मूल्यमा इन्टरनेट प्रयोग गर्न पाउने गरी नयाँ फाइबरनेट योजना घोषणा हुनेछ ।

यसका लागि नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई इन्टरनेट शुल्क स्वीकृतिका लागि पत्र पठाइसकेको उनले जानकारी दिए ।

मेश वाई-फाई प्रविधिसहितको यो इन्टरनेट अन्य सेवाप्रदायकको तुलनामा सस्तो र गुणस्तरीय हुने उनको भनाइ छ ।

पछिल्लो समय सेवाप्रदायकबीच ‘स्पिड वार’ चलिरहँदा डिशहोम पनि उच्च गतिको इन्टरनेटसहित प्रस्तुत हुन लागेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२