close

प्राधिकरणको बढुवा प्रक्रिया मुद्दामा अदालतबाट म्याद जारी

टेकपाना टेकपाना

पुस ७, २०७८ १८:३०

प्राधिकरणको बढुवा प्रक्रिया मुद्दामा अदालतबाट म्याद जारी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले कार्यक्षमताको मूल्यांकनको आधारमा गर्न लागेको वरिष्ठ निर्देशक र अनुगमनतर्फ निर्देशक पदको पदपूर्तिकाे विषयमा परेकाे मुद्दामा अदालतले म्याद जारी गरेको छ ।

उच्च अदालत पाटनले बुधवार पदपूर्तिका विषयमा थप छलफलका लागि विपक्षीका नाममा म्याद जारी गर्न आदेश दिएको हो ।

यसअघि अघिल्लो सोमबार अर्थात् मंसिर २८ गते प्राधिकरणका उपनिर्देशक विनोद चन्द्र श्रेष्ठलगायत सात कर्मचारीले उच्च अदालतमा बढुवाको विषयलाई लिएर रिट निवेदन दायर गरेका थिए ।

नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विपक्षी बनाइएको उक्त मुद्दामा गत बुधबार उच्च अदालत पाटनका न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो ।

साथै अन्तरिम आदेशका लागि पुस ७ गते अर्थात् आज बुधबार छलफलको लागि बोलाएको थियो । आज भएको छलफलपछि सुनवाई गर्दै उच्च अदालतका न्यायाधीशद्वय ईश्वरराज आचार्य र किरण पौडेलको संयुक्त इजलासले विपक्षीलाई म्याद जारी गर्ने आदेश दिएको हो ।

मुद्दामा एक प्रतिवादी रहेको लोकसेवा आयोगका प्रतिनिधि छलफलमा उपस्थिति नभएसँगै अदालतले म्याद जारी गर्ने आदेश दिएको प्राधिकरण स्रोतले जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२