काठमाडौं । साइबर सेक्युरिटी फर्म रिजनल्याब्सले टोरेन्टबाट ‘स्पाइडर-म्यानः नो वे होम’ फिल्म डाउनलोड गर्ने प्रयोगकर्तालाई सचेत रहन आग्रह गरेको छ । एक रिपोर्टमा आफूहरूले नयाँ फिल्मको रुसी टोरेन्ट फाइलमा मोनेरो माइनर्सको अट्याचमेन्ट फेला पारेको रिजनल्याब्सका अनुसन्धानकर्ताहरूले उल्लेख गरेका छन् ।
जसले गत साता रिलिज भएदेखि यो समाचार तयार पार्दासम्म विश्वभरबाट ७७ करोड ९१ लाख ३१ हजार ८५५ डलर (करिब करिब ९३ हर्ब ५५ करोड ८२ लाख रुपैयाँ) प्राप्त गरिसकेको छ । रिजनल्याब्सका अनुसार उक्त माइनरले विन्डोज डिफेन्डरमा ‘एक्सक्लुजन’ (बाइपास) थप गर्छ अनि जड तयार पारेर आफ्नो गतिविधिलाई जारी राख्न निगरानी राख्ने प्रक्रियालाई छल्ने काम गर्दछ ।
‘यो माल्वेयर डटनेटमा हस्ताक्षर गरिएको र लेखिएको छैन । आजसम्मको मितिमा भाइरस टुलमा उपस्थित भएको पनि छैन,’ अनुसन्धानकर्ताहरूले उल्लेख गर्दै भनेका छन्, ‘यो माल्वेरले ‘लेजिटिमेट’ नाम गरिएको फाइल प्रयोग गरी परीक्षण गर्ने नजरबाट आफूलाई टाढा राख्छ र आफूले तयार पारेको प्रक्रियालाई अगाडि बढाउँछ ।
त्यसैले हामी अनधिकृत तथा अनौपचारिक माध्यमबाट कुनै पनि कन्टेन्ट डाउनलोड गर्ने कार्यमा अतिरिक्त सावधानी अपनाउने सल्लाह दिन्छौँ, चाहे त्यो अपरिचित प्रेशकले पठाएको ई-मेलको डकुमेन्ट होस्, कुनै छलपूर्ण डाउनलोड पोर्टलमा रहेको ‘क्र्याक्ड प्रोग्राम’ होस् अथवा टोरेन्टबाट गर्ने डाउनलोड नै किन नहोस् ।’
यो मालवेयरबाट जोगिन तपाईंले एउटा सजिलो तरिका अपनाएर चेकजाँच गर्न सक्नुहुन्छ । त्यसका लागि आफूले अपेक्षा गरेको फाइलसँग उक्त फाइल एक्सटेन्सन मिल्छ कि मिल्दैन विचार गर्नुहोस् ।
उदाहरणको लागि मुभी फाइल ‘.mp4’ मा गएर समाप्त हुन्छ न कि ‘.exe’ । त्यसैले फाइलको विषयको बारेमा सूचनाहरू संकलन गर्नुहोस् र त्यसमा डबल क्लिक गर्नु अघि दुई पटक सोच्ने गर्नुहोस् ।
वास्तविक फाइल एक्सटेन्सन थाहा पाउनका लागि फोल्डरलाई खोल्नुहोस् र ‘भ्यु’मा जानुहोस् अनि ‘फाइल नेम एक्सटेन्सन्स’ चेक गर्नुहोस् । यसले तपाईंलाई फाइलको पूर्ण प्रकार सुनिश्चित गर्न सघाउनेछ । त्यसो त अनुसन्धानकर्ताहरूले यो मालवेयरले व्यक्तिगत जानकारीमा हस्तक्षेप नगर्ने समेत उल्लेख गरेका छन् ।
तर पीडितको बिजुलीको खर्च थपिने, माइनरले लामो समयसम्म रन हुने र सीपीयूको खपत उच्च हुने भएपछि तपाईंको उपकरण स्लो हुनपुग्छ ।