close

नेपालमा फाइभजी प्रयोग हुनसक्ने क्षेत्र पहिचान गर्दै सरकार

टेकपाना टेकपाना

पुस १२, २०७८ १५:१०

नेपालमा फाइभजी प्रयोग हुनसक्ने क्षेत्र पहिचान गर्दै सरकार

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी प्रयोगका लागि आवश्यक क्षेत्र पहिचानका लागि अध्ययन अघि बढाएको छ ।

फाइभजीको संभावित क्षेत्र पहिचान तथा फाइभजी विस्तार गर्ने कार्यक्रमको गुरुयोजना तयार गर्नेगरी प्राधिकरणले परामर्शदाता आह्वान गरेको हो । त्यसका लागि प्राधिकरणले सोमबार एक सूचना जारी गर्दै परामर्श सेवाप्रदायक कम्पनीहरूसँग आशयपत्रको माग गरेको छ ।

इच्छुक कम्पनीले १५ दिन अर्थात् आउँदो जनवरी १० तारिखसम्म आवेदन दिन सक्नेछन् । यसअघि गएको कात्तिकमा प्राधिकरणले पहिलोपटक यसका लागि परामर्शदाता आह्वान गरेको थियो । 

उक्त प्रक्रियामा जम्मा चार कम्पनीबाट मात्रै आशयपत्र प्राप्त भएको र त्यसमा पनि प्राविधिक रुपमा छनोट हुन नसक्दा प्रक्रिया खारेज भएको थियो ।

साे प्रक्रिया खारेज भएसँगै प्राधिकरणले पुनः सोमबार सूचना जारी गर्दै प्रक्रिया अघि बढाएको हो । प्राधिकरणका अनुसार विभिन्न क्षेत्रमा फाइभजीको प्रयोग बढाउन तथा फाइभजीका लागि आवश्यक गुरुयोजना तयार गर्ने काम गर्नेछ ।

यसका लागि प्राधिकरणले चालू आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत नै यो कार्यक्रमलाई अघि बढाएको छ । जसमा यो अध्ययनका लागि ५० लाख बजेट छुट्याइएको छ ।

विशेषगरी दूरसञ्चार कम्पनीको आगामी फाइभजी परियोजनालाई मद्दत पुर्‍याउने योजनाका साथ प्राधिकरणले यो अध्ययन अघि बढाएको हो ।

BID-DOCUMENT-20211227-4

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२