काठमाडौं । लामो समय टिकाउ हुने ब्याट्री भएका स्मार्टफोनको सूचीबाट कुनै एउटा छान्नुहोस्, जसले तपाईंलाई चार्जरको चिन्ताबाट टाढा रहन सहयोग पुग्नेछ । यसमा परीक्षणको आधारमा प्राप्त नतिजामा रहेर कम्तिमा करिब साढे ११ घन्टासम्म ब्याट्री टिक्ने स्मार्टफोनहरू समावेश गरिएको छ ।
जसलाई तपाईं दिनभर ढुक्कसँग ब्याट्री टिक्ने स्मार्टफोनको रुपमा लिन पनि सक्नुहुन्छ । यसका लागि महँगो स्मार्टफोन किन्नुपर्छ भन्ने पनि छैन । यो सूचीमा बजेट रेञ्जदेखि फ्ल्यागशिपसम्मका स्मार्टफोनहरू पाउन सक्नुहुन्छ ।
यद्यपि कम्तिमा करिब ३० हजार रुपैयाँ जति भने खर्च गर्नुपर्ने हुनसक्छ । सामसङदेखि मोटोरोला कम्पनीसम्मका ५००० एमएएच क्षमताको ब्याट्री भएका फोनहरू एक पटकको चार्जमा सहजै दिनभर वा त्यसभन्दा पनि बढी समयसम्म मजाले चलाउन सकिन्छ ।
तर यहाँनिर ख्याल गर्नुपर्ने अर्को महत्त्वपूर्ण कुरा के छ भने ब्याट्री टिकाउ हुन त्यसको आकारले मात्र नभएर पावर इफिसेन्ट चिपसेटले पनि उत्तिकै भूमिका खेल्छ ।
फोरजी तथा एलटीई सेवामा नियमित रुपमा ब्याट्री समाप्त नभएसम्म वेबसाइट प्रयोग गरी यी फोनको ब्याट्री टेस्ट गरिएको हो । जसमा औसत फोनहरूको ब्याट्री १० घन्टामा सकिएको थियो ।
तर यहाँ दिइएका स्मार्टफोनहरू भने ११ घन्टाभन्दा बढी समयसम्म चलाउन ब्याट्री टिकाउ भएका हुन् । यो सूचीमा मोटो जी पावर २०२१ च्याम्पियन देखिएको छ ।
५००० एमएएच क्षमताको ब्याट्री रहेको यो फोन लगातार प्रयोग गर्दा १४ घन्टासम्म टिकेको थियो । तर त्यसको सक्सेसर मोटो जी पावर २०२२ दुई स्थान पछाडि छ । धेरै ब्याट्री टिकाउ हुने १५ स्मार्टफोनको सूचीमा ५ ओटा मोटोरोलाका रहेका छन् ।