close

‘विन्टर इन्टेक कोड क्याम्प’ सुरु, विद्यार्थीलाई सीप विकाससँगै रोजगारीको अवसर

टेकपाना टेकपाना

पुस २५, २०७८ १८:४

‘विन्टर इन्टेक कोड क्याम्प’ सुरु, विद्यार्थीलाई सीप विकाससँगै रोजगारीको अवसर

काठमाडौं । नेपाली आईटी कम्पनी इन्फोडेभलपर्सको आयोजनामा विन्टर इन्टेक कोड क्याम्प सुरु भएको छ । आईएमई पे, स्विफ्ट टेक्नोलोजी, मिदास टेक्नोलोजी र रिगो टेक्नोलोजीसँगको सहकार्यमा आइतबारदेखि क्याम्प सुरु भएको हो ।

हेरिटेज गार्डेनमा सुरु भएको कार्यक्रममा दुई सय बढी विद्यार्थीहरूको सहभागिता रहेको छ । आईटी उद्योग र एकेडेमिया बीच देखिएको ग्यापलाई कम गर्ने उद्देश्यका साथ कोड क्याम्प आयोजना गरिएको हो ।

आयोजकका अनुसार छनौटमा परेका विद्यार्थीले प्रोग्रामिङको समुहमा सहभागि भएर प्रोजेक्ट तयार गर्नेछन् । यसपश्चात छनौटमा परेका एक सय प्रतिस्पर्धीहरू स्किल डेभलपमेन्ट कार्यक्रममा सहभागि हुने अवसर प्राप्त गर्ने बताइएको छ ।  

उनीहरूलाई माघ ३ गतेदेखि चैत ३ गतेसम्म दुई महिना कम्पनीमा रहेर इन्टेक ट्रेनिशिप कार्यक्रममा सहभागि गराइनेछ । आगामी चैत १७ गतेदेखि आयोजक कम्पनीहरूले उत्कृष्ट ५० देखि १०० विद्यार्थीलाई नियमितरूपमा रोजगारीको अवसर समेत प्रदान गर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५