close

अनरको पहिलो फोल्डेबल फोन सार्वजनिक, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

पुस २७, २०७८ १८:३१

अनरको पहिलो फोल्डेबल फोन सार्वजनिक, यस्तो छ मूल्य र फिचर

काठमाडौं । पछिल्लो समय फोल्डेबल फोनले फेरि बजार लिइरहेको छ । केही समय हराएको फोल्डेबल डिजाइन मोबाइल कम्पनीहरूले पुनः आफ्नो फोनमा प्रयोग गरिरहेका छन् ।

यसको ज्वलन्त उदाहरण हो, सामसङ । मोटोरोला, ह्वावे, ओप्पो लगायत कम्पनीहरूले पनि फोल्डेबल फोन सार्वजनिक गरेका छन् । हालै ह्वावेबाट स्वतन्त्र ब्राण्ड बनेकाे अनरले पनि आफ्नो पहिलो फ्ल्यागशिप फोल्डेबल फोन ‘म्याजिक भी’ सार्वजनिक गरेकाे छ ।

फोल्डेबल डिजाइनमा बनेको अनरको यो फ्ल्यागशिप फोनमा १२० हर्ज रिफ्रेस रेटसहितको ६.४५ इन्चको डिस्प्ले छ भने यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा छ । त्यस्तै मोबाइलमा ४२ मेगापिक्सेलको सेल्फी क्यामेरा उपलब्ध छ ।

स्न्यापड्रागन ८ जेन १ चिपमा आधारित यो फोनमा १२ जीबी र्‍याम र २५६ जीबी र ५१२ जीबी स्टोरेजको दुई भेरियन्ट उपलब्ध हुने बताइएको छ । फोनमा ४,७५० एमएएच ब्याट्रीको प्रयोग गरिएको छ ।

चिनियाँ बजारमा जनवरी १८ देखि याे फोनकाे बिक्री हुनेछ । अन्य बजारमा कहिलेदेखि उपलब्ध हुनेछ भन्ने विषयमा कम्पनीले केही खुलाएकाे छैन ।

२५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ९,९९९ चिनियाँ युआन (अनुमानित एक लाख ८५ हजार रुपैयाँ) र ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य १०,९९९ चिनियाँ युआन (अनुमानित दुई लाख चार हजार रुपैयाँ) राखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२