काठमाडौं । तपाईँको ल्यापटपलाइ डेस्कटप मनिटरमा हुक गरी अन-स्क्रिनलाई दुई ओटा पूर्ण स्क्रिनमा विस्तार गर्न सक्नुहुन्छ । अझ विन्डोज टेन (Windows 10) चलाउँदै हुनुहुन्छ भने, तपाईँ दुवै स्क्रिनका लागि छुट्टै भ्युइङ मोड निर्धारण गर्न पनि सक्नुहुन्छ ।
राम्रोसँग सेटअप गरेर तपाईंले आफ्नो ल्यापटपलाई मल्टि-टास्किङ अर्थात एकसाथ विभिन्न काम गर्ने डिभाइसमा परिणत गर्न सक्नुहुन्छ ।मल्टिटास्किङ: आफ्नो ल्यापटपलाई मनिटरमा जोड्दा तपाईँले स्प्लिट स्क्रिन मोडमा काम गर्न सक्नुहुन्छ ।
जस्तो कि तपाईँ पीसी मनिटरमा चलचित्र हेर्दै हुनुहुन्छ भने ल्यापटप स्क्रिनमा यस बारे ट्वीट गर्न सक्नुहुन्छ । यसले तपाईँलाई एप्लिकेसनहरू बीच अगाडि र पछाडि टोगल गर्न सकिने सेटअप पनि दिनेछ ।
मोर स्क्रिन रियल इस्टेट(More screen real estate): तपाईँको ल्यापटपलाई मनिटरमा जोडेर तपाईँले आफ्नो उपलब्ध स्क्रिन स्पेसको आकारलाई दोब्बर पार्न सक्नुहुन्छ।
एक स्क्रिनबाट अर्कोमा कुनै पनि कम्प्युटर फङ्सन सार्न पनि सकिन्छ अर्थात तपाईँले एकै समयमा दुई ओटा छुट्टाछुट्टै कार्यक्रमहरू हेर्नको लागि विन्डोजको आकार कम गर्नु वा टोगल गर्नु पर्दैन ।
यस प्रकारको सेटअपले धेरै सहयोग गर्छ । तपाईँ फेसबुकमा भिडिओ च्याटका साथै अर्को प्लेटफर्ममा छुट्टै काम गर्न सक्नुहुन्छ ।
मनिटरमा कसरी कनेक्ट गर्ने ल्यापटप ?
सुरुमा उपयुक्त केबल छान्नुहोस्: जब तपाईँ ल्यापटपमा बाह्य मनिटर जडान गर्नुहुन्छ, तपाईँले दुई डिभाइसबीच केबल राख्नुपर्ने हुन्छ । तपाईँले लिएको मनिटर केबल ल्यापटप र मोनिटरको सकेटमा मिल्ने कुरा निश्चित गर्नुहोस् ।
आफ्नो अपरेटिङ सिस्टमलाई दोस्रो स्क्रिन प्रयोग गरेको कुरा जानकारी गराउनुहोस् । यसका लागि विन्डोज १० कम्प्युटरमा त्यस्तो गाह्रो छैन । आफ्नो माउसमा दायाँ क्लिक गर्नुहोस् र डिस्प्ले सेटिङमा जानुहोस् । म्याकमा, बाह्य मनिटर जडान भएको कुरा स्वचालित रूपमा पहिचान हुन्छ ।
मनिटरको ओरेन्टेसन सेटअप गर्नुहोस् । पीसी र म्याक दुवैमा, दोस्रो स्क्रिनमा तपाईँको ल्यापटप स्क्रिन मिरर गर्न वा पहिलोको विस्तारित स्क्रिनको रूपमा काम गर्न सकिन्छ । तपाईँको कम्प्युटरमा कन्ट्रोल प्यानल वा म्याकमा सिस्टम प्रिफरेन्स (System Preferences) एक्सेस गर्नुहोस् ।
ल्यापटपलाई मनिटरमा कसरी जडान गर्ने भन्ने कुरा निकै सरल छ । तपाईँको अनुभव बृद्धि गर्न र उत्पादन क्षमता सुधार गर्न यसले निकै मद्दत गर्न सक्छ । यसका साथै तपाईँको ल्यापटपमा खुला विन्डोज र चलिरहेका प्रोग्रामहरूबीच टोगल गरिराख्नु पनि पर्दैन ।