काठमाडाैं । इन्स्टाग्राम मुख्यतया यसको रिल्सका लागि प्रयोगकर्ताबीच लोकप्रिय छ । इन्स्टाग्राम रिल्स एउटा छोटो-भिडिओ बनाउने सुविधा हो । यसमा तपाईंले धेरै फिल्टर, स्टिकर र गी प्रयोग गरेर छोटो भिडिओ बनाउन सक्नुहुन्छ ।
साथै, सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामले हामीलाई हाम्रा फलोअरसमक्ष लाइभ जाने सुविधा पनि दिन्छ । तपाईं नियमित रूपमा रिल्सहरू बनाउनुका साथै इन्स्टा लाइभ जानुहुन्छ भने तपाईंका लागि निकै उपयोगी टिप्सबारे आज चर्चा गर्छौं ।
कहिलेकाहिँ तपाईं रिल्स शुटिङपछि तुरुन्तै अपलोड गर्न चाहनुहुन्न, यसको सट्टा तपाईं यसलाई निश्चित समय तोकेर अपलोड गर्न चाहनुहुन्छ भने उपयुक्त समय ताेकेर शेड्युलममा राख्न सक्नुहुन्छ ।
साथै आफ्नो लाइभ स्ट्रिम शेड्युलमा राख्न चाहनुहुन्छ भने एपभित्रै सुविधा छ । तर रिल्स भिडिओ शेड्युल गर्न भने थर्ड पार्टी एप आवश्यक हुन्छ ।
आज हामी इन्स्टाग्राम लाइभ र रिल भिडिओ कसरी शेड्युलमा राख्ने भन्नेबारे चर्चा गर्दैछाैं ।
इन्स्टाग्राम लाइभ भिडिओ यसरी शेड्युल गर्नुहोस्
यदि तपाईं लाइभ स्ट्रिम शेड्युल गर्दै हुनुहुन्छ भने इन्स्टाग्रामले तपाईंलाई लाइभ स्ट्रिम हुने समयअघि सम्झाउनेछ । इन्स्टाग्राममा लाइभ भिडिओ शेड्युल गर्न तपाईंलाई कुनै पनि थर्ड पार्टी एप आवश्यक पर्दैन ।
-तल बीचमा रहेको + चिन्हमा क्लिक गरी लाइभ अप्सनमा जानुहोस् ।
-त्यसपछि माथि देखिने क्यालेन्डर आइकनमा क्लिक गर्नुहोस् ।
-शेड्युलमा राख्न उपयुक्त मिति र समय छान्नुहोस् ।
-यसरी तपाईंले ९० दिनसम्म इन्स्टाग्राम लाइभ शेड्युल गर्न सक्नुहुन्छ ।
इन्स्टाग्राम रिल्स यसरी शेड्युल गर्नुहोस्
माथि उल्लेख गरिए अनुसार, तपाईंले आफ्नो इन्स्टाग्राम रिल्स भिडिओहरू शेड्युल गर्न थर्ड-पार्टी एप डाउनलोड गर्नुपर्नेछ । ‘preview’ एप तपाईंले गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सक्नुहुन्छ । यसले तपाईंको रिल्स भिडिओहरू schedule गर्न मद्दत गर्नेछ।
यसका लागि :
-preview एप डाउनलोड गरेर लन्च गर्नुहोस् ।
-एप खोलेर आफ्नो इन्स्टाग्राम आईडी र पासवर्ड राखी लगईन गर्नुहोस् ।
-त्यसपछि रिल्समा ट्याप गरेर + आइकन थिच्नुहोस् ।
-ग्यालरीबाट कुनै रिल्स राख्न वा नयाँ रिल्स खिचेर एड गर्न सक्नुहुन्छ ।
-उक्त रिल्स पेजमा डिस्प्ले भएपछि त्यसलाई ट्याप गरेर इडिट अप्सनमा जानुहोस् ।
-schedule your reels अप्सनमा जानुहोस् र उपयुक्त समय छान्नुहोस् ।