close

प्र्याकंको नाममा मानसिक तनाव दिने व्यक्तिलाई कारबाही हुने

टेकपाना टेकपाना

माघ १३, २०७८ १९:१६

प्र्याकंको नाममा मानसिक तनाव दिने व्यक्तिलाई कारबाही हुने

काठमाडौं । सामाजिक सञ्जालमा प्र्याकं भिडिओको नाममा सर्वसाधारण व्यक्तिलाई शारीरिक तथा मानसिक रुपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार लगाउने जस्ता क्रियाकलाप बढेको भन्दै सरकारले त्यस्ता गतिविधिमा लाग्नेलाई कारबाही गर्ने भएको छ ।

बिहीवार एक सूचना जारी गर्दै गृह मन्त्रालयले व्यक्तिको अनुमतिबिना गोप्य भिडिओ तयार पारी सामाजिक सञ्जालमा राख्ने विरूद्ध कानून बमोजिम कारबाही हुने जनाएको हो ।

सार्वजनिक स्थलहरूमा गरिएका भद्दा प्रकृतिका ख्यालठट्टाबाट शिकार भएका व्यक्तिमा देखिनसक्ने मानसिक तनाव, उत्पन्न हुनसक्ने वादविवाद र द्वन्द्र, सामाजिक सद्भाव र शान्ति सुव्यवस्थामा पर्नसक्ने नकारात्मक प्रभाव एवं व्यक्तिगत गोपनीयता, प्रतिष्ठामा असर पर्नसक्ने भएकाले त्यस्ता क्रियाकलापमा लागेका व्यक्तिलाई कारबाही हुने साे सूचनामा उल्लेख छ ।

‘व्यक्तिको अनुमति बिना कुनैपनि प्रकारको तस्वीर लिन र सामाजिक सञ्जालमा प्रकाशन गर्न, व्यक्तिलाई जानकारी नै नदिई सम्बन्धित व्यक्तिको अनुमति र सहमति बिना कुनैपनि प्रकारको भिडिओग्राफी गरी सामाजिक सञ्जालहरुमा प्रकाशन गर्ने क्रियालापमा संलग्न जोसुकैलाई प्रचलित कानूनबमोजिम कारवाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ,’ सूचनामा भनिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२