close

विदेशबाट रेमिट्यान्स भित्र्याउन हाम्रो पात्रोले पायो राष्ट्र बैंकको लाइसेन्स 

टेकपाना टेकपाना

माघ १४, २०७८ १५:६

विदेशबाट रेमिट्यान्स भित्र्याउन हाम्रो पात्रोले पायो राष्ट्र बैंकको लाइसेन्स 

काठमाडौं । नेपालको सबैभन्दा लोकप्रिय एप हाम्रो पात्रोले विदेशबाट रेमिट्यान्स नेपाल भित्र्याउन नेपाल राष्ट्र बैंकबाट लाइसेन्स प्राप्त गरेको छ । यसअघि नै अमेरिकाबाट सेवा सुरु गरेको कम्पनीले अन्ततः केन्द्रिय बैंकबाट त्यसका लागि लाइसेन्स प्राप्त गरेको हो ।

आफूसँग लाइसेन्स नहुँदा कम्पनीले अन्य स्थानीय रेमिट्यान्स कम्पनीसँगको सहकार्यमा विशेषतः अमेरिकामा रहेका नेपालीलाई रेमिटेन्स सेवा दिँदै आएको थियो । यससँगै अब हाम्रो पात्रो एपबाट सहजै विदेशमा रहेका नेपालीले नेपालमा पैसा पठाउन सक्ने भएका छन् । हाम्रो पात्रो रेमिटको नाममा कम्पनीले यस्तो सेवा दिनेछ ।

आफ्नै डिजिटल वालेट  समेत ल्याउने तयारीमा रहेको हाम्रो पात्रोले सुपर एप बन्ने उद्देश्यका साथ विभिन्न सेवाहरू थप गर्दै लगेको हो । हाम्रो पात्रोमा विदेशबाट नेपालमा रहेका आफन्त तथा साथीभाइलाई गिफ्ट पठाउने सुविधा समेत छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२