close

प्रधानमन्त्री देउवाको आईटी विज्ञमा दिपेश विष्ट नियुक्त

टेकपाना टेकपाना

माघ १८, २०७८ १८:७

प्रधानमन्त्री देउवाको आईटी विज्ञमा दिपेश विष्ट नियुक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सूचना प्रविधि (आईटी) विज्ञमा दिपेश विष्ट नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् वैठकले विष्टलाई प्रधानमन्त्रीको आईटी विज्ञमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागमा कार्यरत उनले कांग्रेसको नयाँ वेबसाइट डिजाइनको काम समेत गरेका छन् ।

त्यस्तै कांग्रेसको क्रियाशील सदस्यतालाई सूचना प्रविधिमा आधारित बनाउने काममा समेत उनको भूमिका रहेको थियो ।

यसका साथै उनी कांग्रेसको सूचना प्रवाह प्रभावकारी बनाउन गठन गरिएको ‘एनसी विन’ को संयोजक समेत हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५