close

क्लाउडफेयरको बग बाउन्टी प्रोग्राम, ३ हजार डलरसम्म कमाउन सकिने

टेकपाना टेकपाना

माघ २०, २०७८ १०:१८

क्लाउडफेयरको बग बाउन्टी प्रोग्राम, ३ हजार डलरसम्म कमाउन सकिने

काठमाडौं । क्लाउड सेक्युरिटी कम्पनी क्लाउडफेयरले नयाँ बग बाउन्टी कार्यक्रम सुरु गरेको छ । मंगलबारदेखि सुरू भएकाे बग बाउन्टी कार्यक्रम ह्याकर वान प्लेटफर्मका सबै सुरक्षा अनुसन्धानकर्मीका लागि खुला गरिएकाे कम्पनीले जनाएकाे छ ।

बग बाउन्टी कार्यक्रमअन्तर्गत गम्भीर सुरक्षा कमजोर पत्ता लगाउने ह्याकरलाई कम्पनीले अधिकतम तीन हजार डलरसम्म रकम प्रदान गर्नेछ ।

कम्पनीले पहिलाे पटक सन् २०१४ मा बग बाउन्टी प्राेग्राम सञ्चालनमा ल्याएकाे थियाे । तर त्यतिबेला बग पत्ता लगाउने व्यक्तिका लागि कुनै क्याश रिवार्डकाे व्यवस्था थिएन । त्यस्तै कम्पनीले सन् २०१८ मा प्राइभेट बग बाउन्टी प्राेगाम ल्यायाे ।

अब भने ह्वाकरवानमा आवद्ध जाेकाेहीले क्लाउडफेयरका उत्पादन तथा सेवाका सुरक्षा कमजाेरी पत्ता लगाई रिपाेर्ट गर्न सक्नेछन् । यसका लागि कम्पनीले ‘CumlusFire’ नामको टेस्टिङ स्यान्डबक्स पनि ल्याएकाे छ, जसले बग हन्टरलाई एस्प्लाेइट टेस्ट गर्न सहयाेग गर्नेछ ।

SeverityCritical (9.0 – 10.0)High (7.0 – 8.9)Medium (4.0 – 6.9)Low (0.1 – 3.9)
Primary Targets$3,000$1,000$500$250
Secondary Targets$2,700$750$350$200
Other$2,100$500$200$100

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५