close

नेपालमा ‘ओरा गुड क्याट’ विद्युत्तीय गाडीको रोड टेस्ट सम्पन्न 

टेकपाना टेकपाना

माघ २१, २०७८ ८:४४

नेपालमा ‘ओरा गुड क्याट’ विद्युत्तीय गाडीको रोड टेस्ट सम्पन्न 

काठमाडौं । ग्रेट वाल मोटर नेपालले इलेक्ट्रिक गाडी ‘ओरा गुड क्याट’ को रोड टेस्ट सम्पन्न गरेको छ । नेपाली बजारमा सार्वजनिक गर्ने तयारीमा रहेको याे गाडीकाे पहिलो चरणमा रोड टेस्ट गरिएको हो ।

देशका विभिन्न भू-भाग र सडकमा गरिएको परीक्षणमा गाडीले राम्रो प्रदर्शन गर्न सफल भएको कम्पनीले जनाएको छ ।

अत्याधुनिक प्रविधियुक्त ओरा गुड क्याट सहर, राजमार्ग र अप्ठ्यारो भू-भागमा पनि ड्राइभिङका लागि उपयुक्त हुने दावी कम्पनीको छ ।

जर्मनी, अस्ट्रिया, संयुक्त राज्य अमेरिका, जापान र दक्षिण कोरियाका विज्ञहरुको समूहले निर्माण गरेको यो गाडीले रेट्रो फ्युचरिस्टिक डिजाइन र स्मार्ट ड्राइभिङ प्रविधिहरुलाई पूर्णरुपमा एकीकृत गरेको जनाइएको छ ।

गुड क्याटले नेपाली इलेक्ट्रिक भेहिकल उद्योगमै नयाँ दायरा कायम गर्न सफल हुने दावी गरेको छ ।

यसका साथै, ओरा गुड क्याटपछि ग्रेट वाल मोटर नेपालले २०२२ भित्र ओरा अन्तर्गत थप दुई ईलेक्ट्रिक गाडीका भेरियन्ट समेत सार्वजनिक गर्ने तयारी गरेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५