close

यसकारण छोटो समयमै लोकप्रिय बन्यो वर्डल गेम

टेकपाना टेकपाना

माघ २४, २०७८ १२:४८

यसकारण छोटो समयमै लोकप्रिय बन्यो वर्डल गेम

काठमाडौं । पछिल्लो समय एउटा अनलाइन गेमले धेरै प्रयोगकर्ताको ध्यान तानिरहेको छ । वर्ड गेमकाे नाममा परिचित यसकाे नाम हाे, वर्डल । वर्डल गेममा एक दिनमा खेलाडीले  पाँच अक्षरको शब्द अनुमान गर्नुपर्ने हुन्छ, जसका लागि छ ओटा मौका पाउँछन् । 

वर्डल ५/६ वर्गको ग्रिड हो । प्रत्येक तेर्साे लाइनमा तपाईंलाई त्यस दिन मिलाउनुपर्ने शब्द अन्दाज गर्न सजिलो बनाइदिने सहारा (हिन्ट) दिन्छ ।  पाँच अक्षरका यी शब्द तपाईंले आफैं यही हिन्टको आधारमा मिलाउनुपर्ने हुन्छ ।

तपाईंले प्रत्येक तेस्राे लाइनमा एकएक शब्द चयन गर्नुपर्ने हुन्छ ।  ती शब्दमा भएका अक्षर यदि मिलाउनु पर्ने शब्दसँग मेल खान्छ र हुनु पर्ने स्थानमै छ भने अक्षरको रङ्ग हरियो हुन्छ ।

यदि अक्षर सही छ, तर गलत ठाउँमा  भने त्यसको रङ्ग पहेँलो हुन्छ । त्यस्तै थाहा पाउनुपर्ने शब्दमा त्यो अक्षर छैन भने अक्षरको रङ्ग गाढा खैरो हुन्छ । यी हिन्टको सहायताले तपाईंले थोरै प्रयासमा पजल मिलाउनुपर्ने शब्द थाहा पाउनुपर्ने हुन्छ ।

आज हामी यो गेम कसरी विकास भयो र धेरैको रोजाइमा किन परिरहेको छ भन्ने विषयमा यो भिडियो चर्चा गर्दैछौं ।

कम्प्युटर र स्मार्टफाेनमा यसरी डाउनलोड गर्नुहोस् वर्डल गेम

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२