close

इन्डक्सन चुलो निःशुल्क वितरण गर्न माग

टेकपाना टेकपाना

माघ २४, २०७८ १७:५६

इन्डक्सन चुलो निःशुल्क वितरण गर्न माग

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन (अनेरास्ववियु) ले विद्यार्थी, मजदुर, किसान लगायतका समुदायलाइ निःशुल्क इन्डक्सन चुलो उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

सोमबार ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाललाई ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुले निःशुल्क इन्डक्सन चुलो वितरण गर्न माग राखेको हो ।

पटक पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा जनताको ढाड भाँचिने गरी महंगी आकाशिएको भन्दै संगठनले दीर्घकालीन समाधान खोज्न सरकारलाई आग्रह गरेको छ ।

ज्ञापनपत्र बुझ्दै मन्त्री भुसालले विद्यार्थीको मागबारे आफू सकारात्मक रहेको र वैकल्पिक प्रयोगको प्राथमिकताकाबारेमा गम्भीर भएर लाग्ने बताइन् ।

No photo description available.

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२