close

गैरकानूनी रुपमा बिटक्वाइन प्रयोग गरिरहेका र्‍यापरबारे डकुसिरिज बनाउँदै नेटफ्लिक्स 

टेकपाना टेकपाना

माघ २९, २०७८ १३:१४

गैरकानूनी रुपमा बिटक्वाइन प्रयोग गरिरहेका र्‍यापरबारे डकुसिरिज बनाउँदै नेटफ्लिक्स 

काठमाडौं । नेटफ्लिक्सले र्‍याप गीतको दुनियाँमा अहिलेसम्मकै खराब रेकर्ड बनाएका र्‍यापरमध्ये एक ‘हेदर रजेलखान मोर्गन’ को डकुसिरिज अर्थात श्रृंखलाबद्ध रुपमा प्रकाशित हुने वृत्तचित्र बनाउँदै छ ।

संयोगवश यही हप्ता मोर्गन र उनका पति इलिया लिचटेनस्टाइनमाथि क्रिप्टो एक्सचेन्ज बिटफिनेक्सको २०१६ मा ह्याक गरी चोरी भएको ११९,७५४ वटा बिटकोइनलाई लुट्ने षड्यन्त्र गरेको आरोपमा अभियोग लगाइएको छ ।

चोरी भएको समयमा उक्त क्रिप्टोकरेन्सीको मूल्य लगभग छ करोड ३७ लाख डलर थियो । अहिले यसको मूल्य पाँच अर्ब डलर भन्दा बढी छ ।

इलिया र मोर्गनले नक्कली परिचयपत्र बनाई सुन र एनएफटी खरिद गर्न विभिन्न खाता प्रयोग गरेर लगभग २५ हजार बिटक्वाइन खर्च गरेको आरोप छ, जसको मूल्य आज १.०८ अर्ब डलर रहेको छ ।

यदि उनीहरू यो काममा दोषी ठहरिए दुवैलाई २५ वर्षको जेल सजाय हुनेछ । अनुसन्धानको क्रममा इलियाले  प्रयोग गरिरहेको एक खाता फेला परेको छ, जसमा बिटफिनेक्सबाट चोरी गरिएकामध्ये ९४ हजार बिट्क्वाइन रहेको भेटिएको छ ।

करिब ३.६ अर्ब डलर बराबरको उक्त बिट्क्वाइन अनुसन्धानमा खटेको टोलीले नियन्त्रणमा लिएको छ । योभन्दा अगाडि पनि नेटफ्लिक्सले यस्ता थुप्रै अपराधसँग सम्बन्धित डकुसिरिजहरू बनाइसकेको छ ।

मोर्गन र इलियाको यो अपराधलाई भने नेटफ्लिक्सले इतिहासको सबैभन्दा ठूलो आर्थिक अपराधको नाम दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२