close

यी हुन् सबैभन्दा धेरै ह्याक हुने पासवर्ड, खेलदेखि जनावरको नामसम्म

टेकपाना टेकपाना

फागुन ६, २०७८ १२:२६

यी हुन् सबैभन्दा धेरै ह्याक हुने पासवर्ड, खेलदेखि जनावरको नामसम्म

काठमाडौं । इन्टरनेटका प्रयोगकर्ता बढेसँगै अनलाइनमार्फत हुने क्रियाकलाप पनि बढ्दो छ । हाम्रो मोबाइलमा बैंकको एपदेखि धेरैथरी सोसल मिडियाका एपहरु छन् । सबैमा गाह्रो गाह्रो पासवर्ड राख्दा सम्झिन गाह्रो पर्ने भन्दै हामीमध्ये धेरै जसोको बानी सजिलो पासवर्ड राख्ने हुन्छ । साथै, एकै पासवर्ड एक भन्दा बढी ठाउँमा राख्ने हाम्रो बानी हुन्छ । सम्झिन सजिलो हुने भनी गरिएको यो बानीले हामीलाई धेरै हानी पनि गर्न सक्छ ।

कार्ड पेमेन्ट सेवा दिने कम्पनी डोजोले गरेको एक अध्ययन अनुसार धेरै प्रयोगकर्ताहरु सजिलो पासवर्ड राख्न रुचाउँछन् भने एउटै पासवर्ड सबैतिर राख्ने चलन पनि उस्तै छ । ह्याक भएका पासवर्डलाई आधार बनाएर डोजोले सार्वजनिक गरेको तथ्यांक अनुसार सबैभन्दा बढी प्रयोग हुने पासवर्ड र प्रयोग भएको अनुमानित संख्यायस्ता छन् :

१२३४५६ (२ करोड ३२ लाख)
१२३४५६७८९ (७ करोड ७० लाख)
पासवर्ड (३ करोड ६० लाख)
१११११११(३ करोड १० लाख)

धेरै मानिसले समान रुपमा यस्ता सजिला पासवर्ड राख्दा ह्याकरले अनुमान गर्न सजिलो हुने र सजिलै प्रयोगकर्ताको अकाउन्टमा पहुँच पाउने डोजेले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

योबाहेक मानिसहरु आफूलाई मनपर्ने खेल वा आफूलाई मनपर्ने जनावरको नामबाट पनि पासवर्ड राख्न खुबै रुचाउँछन् । धेरै प्रयोगकर्ताहरुले डग१२३ वा फुटवल १२३ जस्ता पासवर्ड राख्ने पनि चलन रहेको छ ।

योबाहेक, आफ्नो भावनाको आधारमा पनि पासवर्ड राख्ने चलन रहेको डोजोले आफ्नो प्रतिवेदनमा जनाएको छ । धेरै प्रयोगकर्ताले लभ१२३ वा बेबी४१७ जस्ता साधारण खालका पासवर्ड पनि राख्ने गरेका छन् ।

आफूलाई मनपर्ने ब्राण्डको आधारमा पासवर्ड राख्ने चलन पनि उस्तै छ । एप्पल१२३, होन्डा३४५ जस्ता पासवर्ड राख्ने चलन पनि धेरै भएको डोजेले प्रतिवेदनमा उल्लेख गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२