प्रजातन्त्र दिवसको अवसरमा भोलि दिनभर टेलिकमको भोल्टे निःशुल्क, रिचार्जमा डेटा बोनस
फागुन ६, २०७८ १६:१४
काठमाडौं । नेपाल टेलिकमले भोलि फागुन ७ गतेका लागि विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले ७२ औँं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा एक दिनका लागि भ्वाइस ओभर एलटीई अर्थात भोल्टे कल निःशुल्क सहितको अफर ल्याएको हो ।
अफर अन्तर्गत कम्पनीले एमपोसबाट गरिने रिचार्जमा बोनसको रुपमा डेटा डेटा समेत उपलब्ध गराउने छ । यो अफर भोलि एक दिनका लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।
अफर अन्तर्गत दुई सय रुपैयाँदेखि ४९९ रुपैयाँसम्मको रिचार्जमा ५१२ एमबी डेटा र ५०० अथवा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डेटा बोनसको रुपमा निःशुल्क पाइनेछ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२
