close

ट्रम्पको आफ्नै सोसल मिडिया ‘ट्रुथ’ को सार्वजनिक मिति सर्‍यो 

टेकपाना टेकपाना

फागुन ७, २०७८ २१:५२

ट्रम्पको आफ्नै सोसल मिडिया ‘ट्रुथ’ को सार्वजनिक मिति सर्‍यो 

काठमाडौं । विद्यमान सामाजिक सञ्जालका प्लेटफर्महरूसँग प्रतिस्पर्धा गर्न अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक गर्न लागेको ‘ट्रुथ’ को सार्वजनिक मिति सरेको छ ।

यही फेब्रुअरी महिनादेखि सार्वजनिक हुने भनिएको सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथको सार्वजनिक मिति मार्चमा सारिएको हो ।

कम्पनीले फेब्रुअरी २१ का दिन सार्वजनिक हुने भनिएको ट्रुथ मार्च महिनाका लागि सारिएको ‘दि न्यु योर्क टाइम्स’ ले तयार गरेको रिपोर्टमा उल्लेख छ ।

हालसम्म बजारमा सार्वजनिक भएका केही तस्वीरलाई हेर्ने हो भने ट्रुथ, ट्वीटर जस्तै हुने अनुमान गर्न सकिन्छ ।

गत वर्ष नियम उल्लघंन गरेको भन्दै ट्वीटर, फेसबुक र युट्युवजस्ता सामाजिक सञ्जालले ट्रम्पलाई आफ्नो प्लेटफर्ममा प्रतिबन्ध लगाएका थिए ।

ट्रम्पलाई ट्वीटरले सधैंका लागि प्रतिबन्ध लगाएको छ भने फेसबुकले २०२३ सम्म प्रतिबन्ध लगाएको छ । युट्युवले भने अनिश्चित समयका लागि ट्रम्पलाई प्रतिबन्ध लगाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२