काठमाडौं । गुगलले हालै एन्ड्रोइड १३ को पहिलो डेभलपर प्रिभ्यु सार्वजनिक गरेको छ । आउँदो अप्रिलमा एन्ड्रोइड १३ को पब्लिक बेटा र अगस्टमा स्टेबल भर्सन उपलब्ध हुने अनुमान गरिएको छ ।
यो बीचमा यसका फिचरबारे धेरै चर्चा चलिरहेको छ । त्यस्तै कुन फोनले एन्ड्रोइड १३ अपडेट पाउनेछन् भन्ने विषयमा पनि धेरैमा उत्सुकता छ ।
चिनियाँ ब्राण्ड साओमीले पनि कुन फोनमा यो अपडेट दिने, अनि कुन फोनमा यो अपडेट नदिने भन्ने विषयमा आफ्नो तयारी गरेको छ ।
हालै मात्र साओमीयूआईले एक ट्वीट गर्दै कुन-कुन मोडलमा यो अपडेट आउने र कुनमा नआउने भनेर सूची सार्वजनिक गरेको छ । यो सूचीमा साओमी (मि), रेड्मी र पोको ब्राण्डका मोडल समावेश छन् ।
एन्ड्रोइड १३ अपडेट पाउने फोन
-मि १० एस
-मि ११/प्रो/अल्ट्रा
-मि ११आई/११एक्स/११एक्स प्रो
-साओमी ११ एक्स/ हाइपर चार्ज
-साओमी ११ टी/ प्रो
-साओमी १२/ प्रो / लाइट
-मि ११ लाइट फोरजी/ फाइभजी/एलई/ लाइट एनई फाइभजी
-साओमी मिक्स ४/ मिक्स ५/ मिक्स ५ प्रो
-साओमी मिक्स फोल्ड
-साओमी सीआईभीआई
-साओमी प्याड ५ सिरिज
-एन्ड्रोइड १३ को अपग्रेड पाउने रेड्मी डिभाइसहरू
-रेड्मी १०/प्राइम/२०२२/प्राइम २०२२
-रेड्मी नोट १०/१०एस/ प्रो/ प्रो म्याक्स/ प्रो फाइभजी
-रेड्मी नोट १० टी/ १० फाइभजी
-रेड्मी नोट ११/एनएफसी/ ११ एस / प्रो फोरजी/ प्रो फाइभजी
-रेड्मी नोट ११ प्रो / प्रो प्लस / ११ ई प्रो
-रेड्मी के४०/ प्रो / प्रो प्लस/ गेमिङ
-रेड्मी के५०/ प्रो / गेमिङ/ गेमिङ लाइट
-एन्ड्रोइड १३ को अपग्रेड पाउने पोको डिभाइसहरू
-पोको एफ३/ जीटी
-पोको एक्स ३ जीटी/ एक्स ३ प्रो
-पोको एफ ४/ प्रो / जीटी
-पोको एमथ्री प्रो फाइभजी/ एम४ प्रो फाइभजी/ एम४ प्रो फोरजी
-पोको सी४
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२
