काठमाडौं । स्मार्टफोन अहिले हाम्रो दैनिकी नै बनेको छ । फोन गर्न, एसएमएस र ईमेल पठाउन, फोटो भिडिओ खिच्नमात्रै होइन, हामीले धेरैजसो डिजिटल डेटा स्मार्टफोनमै राख्छौं । साथै अहिले आर्थिक कारोबार पनि स्मार्टफोनबाटै हुने गरेकाे छ ।
स्मार्टफोनबाटै यति धेरै काम हुँदा कसैले हाम्रा गतिविधिमाथि जासुसी गरिरहेका त छैनन् ? साइबर दुनियाँको सबैभन्दा चुनौती नै यही हो ।
आज हामी आईफोन प्रयोगकर्ताले आफ्नो गोपनीयता जोगाउने विषयबारे चर्चा गर्दैछाैं । आईफोनमा आफ्नो एक्सेस बनाउन ह्याकरहर वा अन्य काेहीले धेरै ट्रिक लगाएका हुन्छन् ।
विशेषत तपाईंको पासकोड अनुमान गरेर वा कुनै अन्य माध्यमबाट विभिन्न शैलीले अरूले एक्सेस बनाउन सक्छन् । यी जानकारी तथा सूचना सुरक्षित हिसाबले राख्न निकै आवश्यक हुन्छ ।
किनभने हाम्रो बारेमा अलिकति गोप्य जानकारी कसैले पाउनु नै घातक सावित भइदिन्छ । कसैले तपाईंले गरेका गतिविधि नियाल्न तपाईंको आईफोनका सबै एक्सेस पाएको छ भने तपाईं के गर्नु हुन्छ ?
तपाईंको आईफोनमा कसले कसरी पहुँच बनाएको छ भनेर कसरी थाहा पाउने ? अनि यसबाट बच्न के के गर्ने ? आज हामी तपाईंलाई यसै विषयमा जानकरी दिन्छौं ।
यदि तपाईंले तपाईंको आईफोन कसैले आफ्नो एक्सेसमा राखेको थाहा पाउनु भयो भने के गर्नु हुन्छ ? सायद सबैभन्दा पहिले आफ्नो पासकोट परिवर्तन गर्नतर्फ लाग्नु हुन्छ होला ।
तर त्यसबाट बच्न तपाईंले निम्न अनुसारका उपाय अपनाउनुभयो भने आफ्ना सम्पूर्ण डेटा सुरक्षित राख्न सक्नुहुन्छ ।
रिबुट गर्ने
आफ्नो आईफोन बेला बेलामा रिबुट गरिरहनुहाेस् । केही हदसम्म तपाईंको गोपनीयता बचाउन यो विधिले निकै सहयोग गरिरहेको हुन्छ । त्यसैले केही नभए पनि बेला बेलामा रिबुट गर्ने बानि बसाल्नुहोस् ।
पासकोट परिवर्तन गर्ने
तपाईंलाई जानकारी नै नदिई कसैैले विभिन्न माध्ययमबाट तपाईंको पासकोड अनुमान गरेर आईफोनमा आफ्नो एक्सेस बनाइरहेको हुन्छ ।
यसबाट सुरक्षित हुन बेला बेलामा पासकोड परिवर्तन गरिरहनु पर्छ । तपाईंलाई आफ्नो आईफोनमा कसैले एक्सेस बनाइरहेको शंका लाग्यो भने पासकोड परिवर्तन गर्नुहोस् ।
आफ्नो फेस आईडी र फिङ्गर प्रिन्ट्स चेक गर्ने
तपाईंको आईफोनमा एकभन्दा बढी फेस आईडी वा फिङ्गरप्रिन्ट्स राखिएको हुनसक्छ। तपाईंले नराखे पनि अरू कसैले तपाईंको आईफोन प्रयोग गरेर आफ्नो फेस राखेको हुनसक्छ ।
त्यसैले बेलाबेलमा फिङ्गरप्रिन्ट्स वा फेस आईडी जाँच गरिरहन पर्छ । फेस आईडी र फिङ्गरप्रिन्ट्स डिलिट गरेर पुनः राख्न पर्ने हुन्छ ।
एन्टी-स्पाइवेयर स्क्यान रन गर्ने
आईफोनलाई सुरक्षित राख्न एन्टी-स्पाइवेयर स्क्यान गर्ने बानी बसाल्नुहाेस् । यसका लागि सेर्टो एन्टीस्पाई (Certo Antispy) डाउनलोड गर्नु उपयुक्त हुन्छ ।
यसले थोरै मूल्यमा सुरक्षाका धेरै कुराबारे समाधानका उपाय उपलब्ध गराउँछ । यो एपले तपाईको आईफोन सुरक्षित राख्न हिन्ट्स (उपायहरू) दिन्छ ।
आफ्नो फोन कसैलाई नदिनुहोस्
निकै आवश्यक परेको खण्डबाहेक अरूबेला आफ्नो फोन जोकोहीको हातमा नदिनुहोस् ।
तपाईंको फोनमा पहुँच बनाउन सो व्यक्तिले तपाईंको फोन लगेर केही जानकारी हासिल गर्न सक्छ, जस्तो तपाईंको जन्ममिति, पेटको नाम, स्कुलको नाम वा अन्य केही कुरा जसको माध्ययमबाट तपाईंको आईफोन सहजै खोल्न सक्छ ।
त्यसैले दिनैपर्ने अवस्था आएको खण्डमा फोन (कल गर्दा) आफैंले नम्बर डायल गरेर कल गरी लक गरेर दिनुहोला ।