काठमाडौं । युक्रेनको केन्द्रीय बैंकले ई-करेन्सी (डिजिटल मुद्रा) जारी गर्न तथा वालेट लोडमा रोक लगाएको छ । सरकारले बिहीबार जारी गरेकाे ‘मार्शल ल’ लाई जोड्दै केन्द्रीय बैंक ‘नेसनल ब्यांक अफ युक्रेन’ ले यस्तो निर्णय गरेको हो ।
जसमा कम्पनीहरूलाई ई-मनी जारी गर्न र वालेटमा रकम लोड गर्न रोक लगाएको हो । त्यतिमात्रै नभएर बैंकलाई जारी गरिने ई-मनीमा समेत रोक लगाइएको छ ।
ई-मनी अर्थात फियट करेन्सीको इलेक्ट्रोनिक भर्सन हो । युक्रेनमा पेपाल जस्ता प्लेटफर्महरू मार्फत कारोबार हुँदै आएको छ ।
‘मार्शल ल’ अनुसार नै केन्द्रीय बैंकले डिजिटल कारोबारमा रोक लगाएको हो । यसका साथै केन्द्रीय बैंकले विदेशी विनिमय बजारमा समेत रोक लगाएको छ ।
त्यस्तै नगद निकासी सीमित गर्ने र खुद्रा बैंक खाताहरूबाट विदेशी मुद्रा जारी गर्न पनि रोक लगाइएको छ ।