काठमाडौं । चिनियाँ मोबाइल कम्पनी साओमीले नयाँ फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्ने तयारी गर्दैछ । प्रयोगकर्तालाई फुल स्क्रिनको अनुभव दिन कम्पनीले यो फोनमा पपअप सेल्फी क्यामेरा उपलब्ध गराउन लागेको हो ।
फोनको अगाडिको डिस्प्लेमा सेल्फी क्यामेराका लागि नच राखिएको छैन । अन्डर डिस्प्ले सेन्सर र सेल्फी क्यामेरा सहितको ‘नच’ लाई हटाउन नै कम्पनीले पपअप क्यामेरा ल्याउन लागकेो बताइएको छ ।
हुन त बजारमा पछिल्लो समयमा पपअप क्यामेरामा आकर्षण नदेखिए पनि साओमीले भने यो फिचरलाई फेरि ब्युँताउन लागेको देखिन्छ ।
मोबाइलमा फुल स्क्रिन क्यामेरा, डुअल सेल्फी क्यामेरा, ट्रिपल रियर क्यामेरा सहित ब्याट्री पनि धेरै क्षमताको उपलब्ध हुने बताइएको छ । फोनसम्बन्धी अन्य विवरण आउन भने बाँकी नै छ ।