काठमाडौं । आईफोनमा नछोएरै फोटो खिच्ने ‘ट्रिक’ काठमाडौं । यदि तपाईँ आईफोन प्रयोगकर्ता हो भने त्यसमा अनेकौँ ट्रिकहरू पाउनु हुनेछ ।
तर आज हामी तपाईँलाई अलि भिन्न किसिमको ट्रिकको बारेमा बताउँदै छौँ । आईफोनमा लुकेको एउटा यस्तो ट्रिक, जसको सहयोगमा तपाईँ आईफोन नछोएरै फोटो खिच्न सक्नुहुन्छ ।
खासगरी जब तपाईँ ग्रुप फोटो लिन चाहनुहुन्छ, त्यस्तो समयमा यो ट्रिक निकै उपयोगी हुने गर्दछ । यसका लागि सबैभन्दा पहिला एप्पल एप स्टोरबाट शर्टकर्ट एप डाउनलोड गर्नुहोस् ।
यो शर्टकट एप तीन सयभन्दा बढी बिल्टइन अर्थात बनिबनाउ अप्सनका साथ आउँछ । तर यहाँ हामी एउटा अप्सनमा मात्रै केन्द्रित हुन खोजिरहेका छौँ ।
एकपटक तपाईँले आफ्नो आईफोनमा शर्टकर्ट एप डाउनलोड गरिसकेपछि त्यसलाई खोल्नुहोस् । अब तल दायाँतर्फ रहेको ग्यालरी आइकनमा ट्याप गर्नुहोस् । यति गरिसकेपछि सर्च बारमा ‘say cheese’ टाइप गर्नुहोस् ।
त्यहाँ तपाईँले ‘say cheese’ लेखिएको एउटा टाइल कार्ड देख्नुहुनेछ । यदि तपाईँले ‘एड शर्टकर्ट’ मा ट्याप गर्नु भयो भने अब अगाडि बढ्न सक्नुहुन्छ ।
अब त्यहाँबाट तपाईँले ‘हे सिरी, से चिज’ भन्नुपर्ने हुन्छ । यति गर्ने बित्तिकै तपाईँको आईफोनले पछाडिको क्यामेराबाट फोटो खिच्नेछ । जुन तपाईँले फोटो ग्यालरीमा भेट्न सक्नुहुनेछ ।