close

रेखा थापाको उजुरीपछि युट्युवर पक्राउ

टेकपाना टेकपाना

फागुन २३, २०७८ १६:४६

रेखा थापाको उजुरीपछि युट्युवर पक्राउ

काठमाडौं । युट्युव च्यानलमार्फत व्यक्तिको मानमर्दन र चरित्र हत्या गर्ने गरी भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै प्रहरीले एक युट्युवरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ‘सेलेब नेपाल’ नामक च्यानलका युट्युवर राहुल थापा रहेका छन् । नायिका रेखा थापाले दिएको उजुरीपछि राहुललाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले जनाएको छ ।

उनले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेकोले काठमाडाैं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई आइतबार पक्राउ गरिएको ब्यूरोले जनाएको छ । ब्यूराेका अनुसार पाँच दिन म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेकाे छ ।

बालिका बलात्कारको आरोपमा पक्राउ परेका पल शाहको विषयलाई जोडेर ती युट्युवरले आफू विरूद्द भ्रामक सामग्री प्रसारण गरेकाे भन्दै नायिका थापाले उजुरी दिएकी थिइन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२