close

फेसबुकमा नाबालिकाको अश्लील तस्वीर पोस्ट गर्ने एक जना पक्राउ

टेकपाना टेकपाना

फागुन २३, २०७८ १६:११

फेसबुकमा नाबालिकाको अश्लील तस्वीर पोस्ट गर्ने एक जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा नाबालिकाको अश्लील तस्वीर तथा अश्लील स्ट्याटस पोस्ट गर्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ हुनेमा ललितपुर उपमहानगरपालिका वडा नं. २१ बस्ने दिपु भन्ने विकास महर्जन रहेका छन् ।

प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोका अनुसार महर्जनले अश्लील तस्वीर र स्ट्याटस पोस्ट गरी पीडित नाबालिकाको चरित्र हत्या गरेका थिए ।

निज महर्जनले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेकाले जिल्ला अदालत काठमाडौंको अनुमति लिई आइतबार पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२