काठमाडौं । ग्राहकका लागि आफ्नै एक्स्लुसिभ च्यानलहरुमार्फत मनोरञ्जनात्मक कार्यक्रम निर्माण तथा प्रसारण गर्दै आएको डिशहोमले ‘रगतका कथाहरु’ शीर्षकमा नयाँ सिरिज निर्माण गर्ने भएको छ ।
यो सिरिजको पहिलो सिजनमा १३ श्रंखला हुनेछन् र प्रत्येक श्रंखलामा फरक फरक कथावस्तु समेटिने बताइएकाे छ ।
डिश मिडिया नेटवर्क र दृश्यालय सिनेमा प्रालिको संयुक्त प्रस्तुतिमा बन्न लागेको यस सिरिजको सम्झौतापत्रमा डिश मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदीप आचार्य र लेखक/निर्देशक किरण वि.क.ले हस्ताक्षर गरे ।
यो सिरिज देशका विभिन्न ठाउँमा छायांकन हुने बताइएको छ ।