close

आईफोन एसई सार्वजनिक, मूल्य ५२ हजार

टेकपाना टेकपाना

फागुन २५, २०७८ ९:२६

आईफोन एसई सार्वजनिक, मूल्य ५२ हजार

काठमाडौं । एप्पलले नयाँ आईफोन एसई सार्वजनिक गरेको छ । मंगलबार राति एक कार्यक्रम गर्दै एप्पलले ‘आईफोन एसई २०२२’ सार्वजनिक गरेको हो ।

यो आईफोनका बडी स्टाइल सन् २०१७ मा सार्वजनिक भएको आईफोन ८ जस्तै देखिन्छ । कम्पनीले नयाँ प्रोसेसर र फाइभजी सपोर्ट सहित यो आईफोन मोडल ल्याएको हो ।

यसको मूल्य अन्तर्राष्ट्रिय बजारमा ४२९ डलर (साढे ५२ हजार रुपैयाँ) बाट सुरू हुन्छ । यसमा ए१५ बायोनिक चिप प्रयोग गरिएको छ, जुन हामीले आईफोन १३ सिरिजमा देखेका थियौं ।

यो चिपले अहिलेसम्मकै फास्टर प्रोसेसिङ स्पिड दिने कम्पनीको दाबी छ । आईफोन एसई २०२२ मा १२ मेगापिक्सेलको रियर क्यामेरा छ भने ७ मेगापिक्सेलको सेल्फी क्यामेरा छ, जसले फोरके भिडिओ क्याप्चर गर्नसक्छ ।

चिपसँगै फोनको क्यामेरामा पनि नयाँ विशेषता समावेश गरिएका छन् । जसमा स्मार्ट एचडीआर ८, फोटाग्राफिक स्टाइल्स, डिप फ्युजन लगायतका विशेषता छन् । त्यस्तै वाटर रेसिस्टेन्सका लागि फोनमा आईपी६७ प्रविधि प्रयोग गरिएको छ ।

४.७ इन्चको एलसीडी डिस्प्ले रहेको फोनमा धेरै बेजल्स, टच आईडी, होम बटम जस्ता फिचर छन् । यस पटक पनि आईफोन एसईमा फेसआईडी फिचर उपलब्ध छैन ।

The new iPhone SE in (PRODUCT)RED, starlight, and midnight.

एप्पलले फोनमा अझै क्यूआई वायरलेस चार्जिङ प्रविधि राखेको छ भने यसले म्यागसेफ चार्जिङ प्रविधि सपोर्ट गर्दैन ।

मिडनाइट (ब्ल्याक), स्टारलाइट (ह्वाइट) र प्रडक्ट रेड कलरमा उपलब्ध फाेन आईओएस १५ मा चल्छ भने ६४ जीबी, १२८ जीबी र २५६ जीबी स्टोरेज भेरियन्टमा खरिद गर्न सकिन्छ ।

मार्च ११ देखि अन्तर्राष्ट्रिय बजारमा फोनको प्रिअर्डर र मार्च १८ देखि बिक्री सुरु हुने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२