टेकपाना
फागुन २८, २०७८ १३:५९
काठमाडौं । स्मार्टफोनको नयाँ नयाँ फिचर मात्र होइन, नयाँ नयाँ रंगले पनि प्रयोगकर्तालाई आकर्षित गर्ने गर्छ ।
यही कुरालाई मध्यनजर गर्दै एप्पलले गत वर्ष सार्वजनिक गरेको आईफोन १३ सिरिजको स्मार्टफोनहरू नयाँ रंगहरूमा पनि सार्वजनिक गरेको छ ।
एप्पलले आईफोन १३ प्रो र प्रो म्याक्स अल्पाइन ग्रिन कलरमा सार्वजनिक गरेको छ भने आईफोन मिनी र आईफोन १३ लिफी ग्रिन कलरमा उपलब्ध गराएको छ ।
नयाँ सार्वजनिक भएका फोनमा रंग बाहेक अन्य कुनै फिचरहरू भने परिवर्तन गरिएको छैन ।
योसँगै अब आईफोन १३ प्रो र प्रो म्याक्स पाँचवटा रंगमा उपलब्ध हुनेछ भने आईफोन १३ र आईफोन मिनी छ वटा रंगमा उपलब्ध हुनेछ ।
आईफोन १३ को नयाँ रंगले सामाजिक सञ्जालमा भने सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२