close

ब्लुटुथ ५.३ सपोर्ट गर्ने पहिलो फोन सार्वजनिक गर्दै साओमी

टेकपाना टेकपाना

फागुन २८, २०७८ २३:१५

ब्लुटुथ ५.३ सपोर्ट गर्ने पहिलो फोन सार्वजनिक गर्दै साओमी

काठमाडौं । साओमीको आफ्नो फ्ल्यागशिप सिरिजका रुपमा रेड्मी के५० आउँदो मार्च १७ मा सार्वजनिक गर्दैछ । यो सिरिजबारे केही महिनायता लगातार समाचार बनिरहेका छन् ।

कम्पनी स्वयंले यो सिरिजका स्मार्टफोनबारे केही विवरण खुलाइसकेको छ । हालै कम्पनीको आधिकारिक वेबसाइटमा उपलब्ध जानकारी अनुसार रेड्मी के५० सिरिजका स्मार्टफोनले ब्लुटुथ ५.३ सपोर्टे गर्ने भएका छन् ।

योसँगै ब्लुटुथको पछिल्लो प्रविधि प्रयोग गर्ने पहिलो स्मार्टफोन रेड्मी के५० बन्नेछ । ब्लुटुथ ५.३ मा थुप्रै नयाँ फिचर समावेश हुनेछन् । यसमा लेटेन्सी, पावर कन्जप्सन, रेन्ज लगायतमा उल्लेख्य सुधार हुने चर्चा छ ।

साथै कम्पनीले के५० सिरिजका स्मार्टफोनले फ्युचर प्रुफिङका लागि एलसीथ्री अडियो कोडेक प्रयोग गर्ने पनि जानकारी दिएको छ । यसमार्फत अडियो स्ट्रिमिङको गुणस्तरमा निकै सुधार आउने कम्पनीको भनाइ छ ।

यी नयाँ कनेक्टिभिटी सुविधाका अतिरिक्त के५० सिरिजका मोडलहरूमा डुअल फ्रिक्वेन्सी जीपीएस र आईआर ब्लास्टर पनि समावेश हुनेछ ।

कम्पनीले याे सिरिज अन्तर्गत के५०, के५० प्रो, के५० प्रो प्लस र के५० गेमिङ गरी चार फरक स्मार्टफोन सार्वजनिक गर्ने चर्चा छ ।

अन्य माेडलमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा र के५० प्रो प्लसमा १०८ मेगापिक्सेलको क्यामेरा हुने बताइएकाे छ । ५,००० एमएएच क्षमताको ब्याट्री रहने फोनमा १०० वाटको चार्जिङ सिस्टम हुने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२