close

अब ई-पासपोर्ट प्रयोग गरेर नागरिक एप भेरिफाई गर्न सकिने

टेकपाना टेकपाना

फागुन ३०, २०७८ २०:४८

अब ई-पासपोर्ट प्रयोग गरेर नागरिक एप भेरिफाई गर्न सकिने

काठमाडौं । सरकारले सम्भव भएसम्मका सबै सरकारी सेवा सुविधा एउटै एपबाट दिने गरी ल्याएको नागरिक एपमा नयाँ अपडेट आएको छ ।

योसँगै अब ई-पासपोर्ट प्रयोग गरेर नागरिक एप भेरिफाई गर्न सकिनेछ । नागरिकता नम्बरसँगै अब पासपोर्टबाट पनि भेरिफाई हुने भएपछि सेवाग्राहीले थप सहजता पाउने नागरिक एपले जनाएको छ ।

साथै एपमा ई-पासपोर्ट पनि लिंक गर्न सकिने सुविधा थप भएकाे छ ।

यसअघि फागुन १ गतेदेखि नागरिक एपबाटै सवारी साधनको ब्लुबुक नवीकरण गर्न सकिने सुविधा सुरु भइसकेकाे छ ।

नागरिक एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२