काठमाडौं । सरकारले सम्भव भएसम्मका सबै सरकारी सेवा सुविधा एउटै एपबाट दिने गरी ल्याएको नागरिक एपमा नयाँ अपडेट आएको छ ।
योसँगै अब ई-पासपोर्ट प्रयोग गरेर नागरिक एप भेरिफाई गर्न सकिनेछ । नागरिकता नम्बरसँगै अब पासपोर्टबाट पनि भेरिफाई हुने भएपछि सेवाग्राहीले थप सहजता पाउने नागरिक एपले जनाएको छ ।
साथै एपमा ई-पासपोर्ट पनि लिंक गर्न सकिने सुविधा थप भएकाे छ ।
यसअघि फागुन १ गतेदेखि नागरिक एपबाटै सवारी साधनको ब्लुबुक नवीकरण गर्न सकिने सुविधा सुरु भइसकेकाे छ ।
नागरिक एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२
