काठमाडौं । एन्ड्रोइड प्रयोगकर्तामाझ लोकप्रिय युट्युव भ्यान्स्ड एप बन्द भएको छ ।
प्ले स्टोरमा युट्यवको थर्ड पार्टी एपका रूपमा उपलब्ध यो एपले प्रयोगकर्तालाई बिना विज्ञापन युट्युव भिडिओ हेर्ने, ब्याकग्राउन्डमा भिडिओ बजाउने लगायतका सुविधा दिँदै आएको थियो ।
साथै यसले युट्युवको आधिकारिक एपभन्दा थप कस्टमाइज गर्ने फिचर पनि उपलब्ध गराउँदै आएको थियो । अब भने यो एपले आफ्नो सेवा बन्द भएको घोषणा गरेको छ ।
गुगलले ‘कानूनी चेतावनी’ दिएपछि एप बन्द गरिएको भ्यान्स्डले जनाएको छ ।
यद्यपि कुनै अर्को ठूलो परिवर्तन नआए यो एप चलाइरहेका प्रयोगकर्ताले आउँदो दई वर्षसम्म सेवा लिन पाउने पनि भ्यान्स्डले जनाएको छ ।
Vanced has been discontinued. In the coming days, the download links on the website will be taken down. We know this is not something you wanted to hear but it's something we need to do. Thank you all for supporting us over the years.