close

केयूकेएलका यी ठाउँका ग्राहकले अब ईसेवाबाटै खानेपानी महसुल तिर्नसक्ने

टेकपाना टेकपाना

चैत १, २०७८ ८:७

केयूकेएलका यी ठाउँका ग्राहकले अब ईसेवाबाटै खानेपानी महसुल तिर्नसक्ने

काठमाडौं । काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को खानेपानी महसुुल ईसेवाबाट भुक्तानी गर्न सकिने भएको छ ।

खानेपानी सम्झौतामा ईसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र केयूएलका तर्फबाट का.मु.उपकार्यकारी अधिकृत विजय तिमिल्सिनाले गरे ।

योसँगै ईसेवा मार्फत केयूकेएलका ठिमी, भक्तपुर, त्रिपुरेश्वर, क्षेत्रपाटी, कीर्तिपुर, बानेश्वर, महांकालचौर, ललितपुर, महाराजगञ्ज शाखाका ग्राहकले ईसेवाबाटै महसुल भुक्तानी गर्न सक्नेछन् ।

यसले आम खानेपानी ग्राहकको ठूलो हिस्सालाई सहज बनाउने अपेक्षा गरिएको छ । हाल देशभर रहेका सयौँ खानेपानी समितिहरुको खानेपानी महशुल समेत ईसेवाबाट भुक्तानी गर्न सकिन्छ ।

ईसेवा प्रयोगकर्ताले मोबाइलबाटै सिधै अनलाइनबाट सिधै शुल्क भुक्तानी गर्न सकिन्छ भने ईसेवा अकाउन्ट नभएका ग्राहकहरुले आफ्नो नजिकै रहेका जोन तथा पोइन्ट मार्फत रकम भुक्तानी गर्न सकिन्छ ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको ईसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ५० लाख पुगेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले ईसेवामार्फत सेवा लिइरहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२