काठमाडौं । सरकारले आजदेखि अनिश्चितकालका लागि सवारीचालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) को अनलाइन आवेदन बन्द गरेको छ ।
अहिलेसम्म भरेका अनलाइन आवेदनको टुङ्गो लगाउनुपर्ने भएकाले यातायात व्यवस्था विभागले सूचना निकालेर अर्को सूचना नआएसम्मका लागि अनलाइन आवेदन बन्द भएको जानकारी दिएको छ ।
पुराना सबै काम सकाउने निर्णय भएका कारण कहिलेसम्म अनलाइन आवेदन बन्द हुने र कहिलेदेखि खुल्ने भन्ने विषयमा अहिले नै कुनै निर्णय नलिएको विभागका प्रवक्ता लोकनाथ भुसालले बताए ।
योभन्दा अगाडि पनि अनलाइनबाट आवेदन फारम भर्नेको संख्या उल्लेख्य बढेपछि विभागले विहान १० देखि साझ ५ बजेभित्रको समयमा मात्र आवेदन भर्न नमिल्ने व्यवस्था गरेको थियो ।