close

फुडमाण्डुको होली अफर: एउटा किन्दा अर्को सित्तैमा 

टेकपाना टेकपाना

चैत २, २०७८ १७:५९

फुडमाण्डुको होली अफर: एउटा किन्दा अर्को सित्तैमा 

काठमाडौं । अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डुले होली स्पेसल अफर ल्याएको छ । यस अन्तर्गत ग्राहकले एउटा खानेकुरा अर्डर गर्दा अर्को सित्तैमा पाउनेछन् ।

५० प्रतिशत रकम बचत हुने यस योजनामा ९ वटा विभिन्न रेष्टुरेन्टबाट खानेकुरा अर्डर गर्दा अर्को सित्तैमा पाइने छ ।

यो अफर अन्तर्गत ग्राहकले ब्रिक्स क्याफे, भ्याली एक्स्प्रेस, सफ्कट हलाल, वक स्टोरी, एट्टिस् केभ, बिग बी बर्गर, सिटी चिकेन, वोला पोर्क स्टेशन र अल्फाबिटा रेष्टुरेन्टबाट खानेकुरा अर्डर गर्दा सोही खानेकुरा सित्तैमा पाउनेछन् ।

‘यो वर्ष अधिकांश मानिसले धेरैपछि होली मनाइरहेका छन्, त्यसैले हाम्रा ग्राहकले उत्सवको माहोल होलीको एक दिनमात्र नभई धेरै दिनसम्म महसुस गर्न पाउन् भनेर होली स्पेसल योजना ल्याएका छौँ,’ फुडमाण्डुकी सहायक प्रबन्धक (ब्राण्ड मार्केटिङ) दिक्षा महतल‍े बताइन् ।

यो योजना चैत ६ (आइतबार) सम्म लागू हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३