close

मोबाइल बिक्रेतालाई नबिल बैंकले आकर्षक ब्याजदरमा ऋण दिने

टेकपाना टेकपाना

चैत ३, २०७८ ११:५२

मोबाइल बिक्रेतालाई नबिल बैंकले आकर्षक ब्याजदरमा ऋण दिने

काठमाडौं । अब नबिल बैंकले मोबाइल व्यवसायीहरूलाई आकर्षक ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने भएको छ ।  बैंकले मोबाइल बिक्रीवितरण गर्ने साना तथा मझौला स्तरका व्यवसायीहरूको वित्तीय आवश्यकता समाधान गर्न भन्दै नेपाल मोबाइल वितरक सङ्घसँग यस्तो सम्झौता गरेको हो ।

सम्झौताअन्तर्गत मोबाइल वितरकको सञ्जालमा रहेका खुद्रा बिक्रेताहरूलाई लक्षित गरी बैंकले आकर्षक ब्याजदर र धितो अनुपातमा चालु पुँजीमा लगानी गर्ने उद्देश्यका साथ च्यानल रिफाइनान्सिङ कर्जा सुविधा उपलब्ध गराउनेछ । साथै, आफ्नो व्यवसायको आवश्यकता अनुसार मोबाइल वितरकले बैंकको कर्जा नीति अनुसार विभिन्न बैंकिङ सेवा सुविधाहरू प्राप्त गर्नसक्ने सम्झौतामा उल्लेख छ ।

उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट साना, मझौला तथा लघुवित्त कर्जा प्रमुख निरजकुमार बस्नेत (डनिल) र नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्याड्योले हस्ताक्षर गरेका छन् । 

बस्नेतले नबिल बैक सदैव साना तथा मझौला स्तरका व्यवसायीहरूको दिगो विकासको लागी समय सान्दर्भिक कर्जा तथा सुविधाहरू सरल र सहज किसिमले बढी भन्दा बढी व्यवसायीहरूको पहुँचमा पुर्‍याउन लागिपरेको बताए । साझेदारी अन्तर्गत सङ्घमा आबद्ध नेपालभरका मोबाइल वितरक व्यवसायीहरूको वित्तीय आवश्यकता सरल र सहज ढंगले समाधान हुने अपेक्षा गरिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३