close

अब गुगल डक्सबाट सोझै जीमेलमा सेन्ड गर्न मिल्ने 

टेकपाना टेकपाना

चैत ४, २०७८ १५:१०

अब गुगल डक्सबाट सोझै जीमेलमा सेन्ड गर्न मिल्ने 

काठमाडौं । गुगलले जीमेलमा ईमेलहरू पठाउन सहज हुनेगरी गुगल डक्समा नयाँ अपडेट ल्याएको छ ।

जीमेलका लागि तयार पारिएको ईमेलहरू अब कपी गरेर जीमेलमा गएर पेस्ट गरेर सेन्ड गरिरहनुपर्ने बाध्यतालाई ध्यानमा राख्दै गुगलले डक्स मार्फत सिधै जीमेलमा पठाउन मिल्ने फिचर ल्याएको हो ।

गुगलको वर्कस्पेस र जीसुटका प्रयोगकर्ताले अब डक्समार्फत सिधैँ जीमेलमा ईमेल पठाउन सक्नेछन् । नयाँ अपडेटसँगै गुगल डक्समा ‘ईमेल ड्राफ्ट’ भन्ने नयाँ टेम्प्लेट पनि थपिदैछ ।

सो टेम्प्लेटमा गएर आफ्नो अब गुगल डक्सबाट सोझै जीमेलमा सेन्ड गर्न मिल्ने मेल तयार गर्न सकिन्छ । उक्त ड्राफ्टलाई तपाईले शेयर गर्न सक्नुहुनेछ भने अन्य प्रयोगकर्ताहरूले सो ड्राफ्टमा कमेन्ट गर्न सक्नेछन् ।

यसरी तपाईंको ईमेल तयार भइसकेपछि तपाईंले उक्त मेल सिधैं जीमेलको कम्पोज अप्सनमा पठाउन सक्नुहुन्छ र चाहेको व्यक्तिलाई सेन्ड गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३