close

अब पेपाल मार्फत युक्रेनमा पैसा पठाउन सकिने, सेवा शुल्क नलाग्ने

टेकपाना टेकपाना

चैत ४, २०७८ १६:४७

अब पेपाल मार्फत युक्रेनमा पैसा पठाउन सकिने, सेवा शुल्क नलाग्ने

काठमाडौं । पेपाल मार्फत अब युक्रेनमा पनि पैसा पठाउन सकिने भएको छ ।
कम्पनीले एक विज्ञप्ति जारी गर्दै पेपाल मार्फत युक्रेनमा पैसा पठाउन सकिने व्यवस्था खुला गरेको जानकारी दिएको छ । यसअघि युक्रेनका प्रयोगकर्ताले पेपाल मार्फत युक्रेनबाट अन्य देशमा पैसा पठाउन मात्र सक्थे तर युक्रेनमा पेपाल मार्फत पैसा प्राप्त गर्ने सुविधा थिएन। अब भने युक्रेनका प्रयोगकर्ताहरूले पेपाल मार्फत पैसा प्राप्त गर्न सक्ने भएको छ ।
पेपालमा प्राप्त भएको रकम प्रयोगकर्ताले युक्रेनको जुनसुकै बैंकमा ट्रान्सफर गरेर आफ्नो डेबिट र क्रेडिट कार्ड मार्फत निकाल्न सक्नेछन्। साथै युक्रेनमा हाललाई पेपालमार्फत पैसा पठाउँदा कुनै शुल्क नलाग्ने कम्पनीले जनाएको छ ।

रुस र युक्रेनबीचको युद्ध चुलिएसँगै विभिन्न देशका मानिसहरूले युक्रेनमा रहेका नागरिकहरूलाई पैसा पठाएर सहयोग गर्न खोजिरहेको कारण यसलाई सहज बनाउन आफ्नो सुविधा विस्तार पेपालले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३