काठमाडौं । रुसले युक्रेनमा आक्रमण सुरु गरेको तीन साता पुगेको छ । यसबीचमा रुसले धेरै नकारात्मक कुरा सामना गरिरहेको छ । गत २४ फेब्रुअरीदेखि आजका मितिसम्म रुस करिब सात हजार एपबाट प्रतिबन्धित भएको छ ।
युक्रेनमा रुसले गरेको आक्रमण अशोभनीय भएको भन्दै यी एपका कम्पनीले रुसमा आफ्नो एप नचल्ने बनाएका हुन् । ती एप रूसमा करिब २२ करोड पटक डाउनलोड भइसकेका थिए ।
रुस-युक्रेन आक्रमणपछि यसरी एपबाट प्रतिबन्धित हुने देशमा रुस मात्र एक होइन । रुसको छिमेकी देश बेलारुस र एल्लीले आक्रमण सुरु भएयता करिब ६ हजार एप गुमाइसकेका छन् ।
फेब्रुअरी १ देखि १४ सम्ममा गुमेका ३,४१८ एपको तुलनामा यसपाली ती देशले गुमाएका एपको सङ्ख्या ७३ प्रतिशतले बढेको छ ।
त्यससँगै रुसले युक्रेनमा आक्रमण गर्ने योजना बनाउँदा अमेरिका लगायत केही प्रमुख देशले रुसलाई विश्व अर्थतन्त्रबाट अलग बनाएका छन् । त्यस्तै केही ठूला कम्पनीहरू जस्तै म्याकडोनाल्ड, एप्पल, मिक्रोसफ्ट, डिज्नी, आईकेया, एच एण्ड एम, एडिडास र स्टारबस्कले रूससँग व्यापार गर्न बन्द गरेका छन् ।
विश्वव्यापी भुक्तानीका माध्यम भिजा, मास्टरकार्ड, अमेक्स लगायतका एपले व्यापार ठप्प गरेका छन् । रुसले आक्रमण थालेपछि केही स्पोर्ट्स एप एनएफएल, एनबीए, डब्लुडब्लुई र युरोस्पोर्ट्सजस्ता एपहरू रुसी एप स्टोरबाट हराएका चन् ।
स्वास्थ्यसँग सम्बन्धित केही एपहरू माइफिटनेस पल, काइजर, पर्मानेन्टे र योगासँग सम्बन्धित एपहरू रुसी एप स्टोरबाट हराएका छन् ।
यीमध्ये रुसमा माइफिटनेस पल सबैभन्दा प्रख्यात थियतो । सो एप प्ले स्टोर र एपस्टोरबाट रुसमा ४.३ मिलियन पटक इन्स्टल भएको थियो ।
मोबाइल गेमिङका केही प्रख्यात एपले पनि रुसलाई प्रतिबन्ध लगाएका छन् । रुसलाई प्रतिबन्ध लगाउने एपहरूमध्ये मोबाइल गेमिङ सर्वाधिक एपहरू पहिलो अङ्कमा आँउछन् ।
स्ट्रिमिङ एप नेटफिलिक्सले वाचा गरे अनुसार केही दिनमा आफ्नो एप रुसबाट हटाउने भएको छ । यति मात्र नभई केही डेटिङ एप जस्तै बम्बल र बाडोले पनि रुसबाट बिदा लिएका छन् ।
बम्बलको प्यारेन्ट कम्पनीका अनुसार २०२१ मा रुस, युक्रेन र बेलारुसबाट मात्र वार्षिक कम्पनीले कुल आम्दानीको २.८ प्रतिशत कमाएको थियो ।