काठमाडौं । सिटिजन्स बैंकले डिजिटल भौतिक रुपमा बैंकमा उपस्थित भई केवाईसी अद्यावद्यिक गर्ने बाध्यतालाई अन्त्य गर्दै ईकेवाईसी सेवा सञ्चालनमा ल्याएको छ ।
आफ्नो १५औं वार्षिकोत्सवको अवसर पारी बैंकले यो सेवा सञ्चालनमा ल्याएको हो ।
बैंकको वेबसाइट वा मोबाइल बैंकिङ एपमा उपलब्ध गराइएको लिङ्कमा गएर ग्राहकले आफ्नो खाताको केवाईसी विवरणहरु बिना झन्झट अपडेट गर्नसक्ने बैंकले जनाएको छ ।
आफ्नो केवाईसी फर्म अपडेट गर्नुअघि ग्राहकले निश्चित भ्यालिडेसन प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । डिजिटल बैंकिङलाई लक्षित गर्दै बैंकले यसअघि कियोस्क सेवाको सुरुवात गरेको थियो ।