काठमाडौं । हामी धेरैले एसएलसीको नतिजा हेर्न हप्तौं कुर्नुपरेको तीतो अनुभव भोगेकाे हुनुपर्छ । पछिल्लो समय त यसमा आमूल परिवर्तन आएको छ । प्रविधिको विकाससँगै त्यसको बढ्दो उपभोगले पुराना समस्या विस्थापित हुँदै गएका छन् ।
कुनै समय पत्रिकामा प्रकाशित हुने नतिजा हेर्न हप्तौं कुर्नुपर्ने बाध्यतालाई मोबाइल एसएमएसले विस्थापित गरिदियाे । त्यसमा विभिन्न क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । त्यसमध्ये जानकी टेक्नोलोजी अन्तर्गतको म्यासेजिङ सर्भिस प्रोभाइडर स्प्यारो एसएमएस पनि धेरैले सम्झिने नाम हो ।
नेपालमा म्यासेज सर्भिस उपलब्ध गराउने कम्पनीहरूमा सबैभन्दा लोकप्रिय रहेको स्पारो एसएमएस नाममा विगत १२ वर्षदेखि आफ्नो सेवा उपलब्ध गराउँदै आएको छ ।
‘सुन्दा एसएमएस त हो नि जस्तो लागेपनि विगत १२ वर्षदेखि एसएमएस सेवालाई थप प्रविधिसँग जोडी हप्तौं पर्खिनुपर्ने एसएलसी रिजल्टलाई १० सेकण्डमा दियौं’, कम्पनीका संस्थापक अरविन्द शाह लेख्छन्, ‘वार्षिक हजारौं वैदेशिक रोजगारीमा जानेहरूलाई ठगिनबाट सही सूचना दिएर जोगायौँ । त्यतिमात्रै नभएर स्प्यारो भूकम्पको बीचमा सहयोग माग्ने र सहयोग गर्नेबीचमा जोड्ने माध्यम भयो ।
यसरी आज १३ वर्षमा प्रवेश गर्दै गर्दा कम्पनीले हाल भाइबर मेसेजिङलाई कम्पनीको अर्को ठूलो प्रडक्टका रुपमा स्थापित गरिरहेको छ । नेपालमा भाइबरको आधिकारिक साझेदार भएको नाताले पनि कम्पनीले यसलाई अघि बढाएको हो ।
हाल कर्पोरेट हाउस तथा कम्पनीहरूले बनाउँदै आएको भाइबरको ब्लुटिक युक्त अकाउन्ट पनि कम्पनी आफैँले बनाइदिनेछ । साथै कम्पनीले यस्ताे सेवा सरकारी निकायका साथै विभिन्न संस्थालाई उपलब्ध गराउन थालेकाे छ ।