close

नायिका रेखा थापाको उजुरीपछि शर्मिला वाइबा पक्राउ

टेकपाना टेकपाना

चैत ६, २०७८ १७:२२

नायिका रेखा थापाको उजुरीपछि शर्मिला वाइबा पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत व्यक्तिको चरित्रहत्या गरेको आरोपमा शर्मिला वाइबा पक्राउ परेकी छन् ।

विभिन्न विषयमा युट्युव लगायतका सामाजिक सञ्जालमा बोल्दै आएकी वाइबाले पछिल्लो पटक नायक पल शाह प्रकरणमा भ्रामक र चरित्रहत्या हुनेगरी वक्तव्यवाजी गरेको भन्दै नायिका रेखा थापाले प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरामा उजुरी दिएकी थिइन् ।

उजुरी दिएको झण्डै दुई सातापछि आरोपित वाइबा चितवनबाट पक्राउ परेकी हुन् । निजविरुद्ध सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

पछिल्लो समय ब्यूरोले युट्युव तथा अनलाइनमार्फत हुने गतिविधिमाथि कडा निगरानी राख्न थालेको छ । यसअघि पनि सामाजिक सञ्जालमा पोस्ट भएका सामग्रीलाई लिएर प्रहरीले विभिन्न व्यक्तिहरुलाई नियन्त्रणमा लिएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३