close

क्रिप्टोकरेन्सीमा मुछिएपछि सीआईबीको फन्दामा नायिका प्रियंका कार्की

टेकपाना टेकपाना

चैत ६, २०७८ १६:३८

क्रिप्टोकरेन्सीमा मुछिएपछि सीआईबीको फन्दामा नायिका प्रियंका कार्की

काठमाडौं । नायिका प्रियंका कार्कीको तस्वीर देशमा प्रतिबन्धित क्रिप्टोकरेन्सीसँग सम्बन्धित विज्ञापनमा देखिएपछि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोमा अनुसन्धानको लागि बोलाइएको छ ।

फेसबुकमा ‘इन्भिजिबल फ्रेन्ड्स’ नामक पेजमा ‘एनएफटी प्रोजेक्ट इज लाइभ’ भन्दै प्रियंका कार्कीले पनि लगानी गरेको र तपाईं पनि लगानी गर्नुहोस् भन्ने विज्ञापनमा नायिकाको तस्वीर छापिएको छ ।

यही विज्ञापन देखिएपछि ब्यूरोले यस सम्बन्धमा थप सोधपुछका लागि कार्कीलाई ब्यूरोमा बोलाएको ब्यूरोका प्रवक्ता श्यामकुमार महतोले बताए ।

‘उहाँको तस्वीरसहित देशमा प्रतिबन्धित क्रिप्टोलाई प्रवर्द्धन गर्ने विज्ञापन सामाजिक सञ्जालमा छापिएको रहेछ । उहाँले साँच्चै विज्ञापन गर्नुभएको हो, अथवा उहाँको तस्वीर दुरुपयोग भएको हो, अथवा अन्य केही गतिविधि हुन् भन्ने विषयमा थप जानकारी लिन हामीले उहाँलाई सोधपुछ गरिरहेका छौं,’ उनले टेकपानासँग भने ।

उक्त पेज कसले बनाएको थियो र कहाँबाट चलाइएको थियो भन्ने विषयमा थप अनुसन्धान हुने पनि उनले जनाएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३