close

ह्वाटस्एपमा पनि अब इमोजी रियाक्सन दिन मिल्ने 

टेकपाना टेकपाना

चैत ८, २०७८ २२:११

ह्वाटस्एपमा पनि अब इमोजी रियाक्सन दिन मिल्ने 

काठमाडौं । मेटा स्वामित्वमा रहेको म्यासेजिङ एप ‘ह्वाट्सएप’ ले पनि म्यासेजमा इमोजी मार्फत रियाक्सन दिन मिल्ने फिचर सुरु गरेको छ ।

लामो समयदेखि चर्चामा रहेको यो फिचरको बेटा भर्सन कम्पनीले हाल एन्ड्रोइडमा मात्र उपलब्ध गराएको छ ।

आएका म्यासेजहरूमा इमोजी मार्फत नै रियाक्सन दिने फिचर प्रयोग गर्न म्यासेजमा लामो समय सम्म होल्ड गरेपछि छ वटा इमोजीहरू आउँछन् ।

ती छ वटा इमोजीमा हार्ट ❤️, क्राइङ 😭, लाफ्टर 😂 , सक्ड फेस😲, थम्ब्स अप 👍 र फोल्डेड ह्यान्ड 🙏  छन् । यसको बेटा भर्सन एन्ड्रोइडका केही प्रयोगकर्ताले प्रयोग गरिसकेका छन् भने विस्तारै अन्य प्रयोगकर्ताको लागि पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

एन्ड्रोइड भर्सनमा सार्वजनिक भएपछि भने विस्तारै आईओएस र वेब भर्सनमा पनि यो फिचर आउने कम्पनीले बताएको छ ।

आईम्यासेज, फेसबुक म्यासेन्जर, गुगलको म्यासेज एप, ट्वीटरको डीएमहरूमा इमोजी रियाक्सनको प्रयोग अहिले पनि भइरहेको छ । म्यासेजमा आफ्नो प्रतिक्रिया छोटो तरिकाले दिने यो फिचर हाल प्रयोगकर्ताहरू माझ लोकप्रिय बनेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२