काठमाडौं । वेयरेबल डिभाइसमा भारतको प्रिमियम ब्राण्ड ‘बाेट’ केही समय अघिमात्रै नेपाली बजारमा भित्रिएको हो । बोटका उत्पादन भारतीय बजारमा युवा पुस्तामाझ लोकप्रिय छन् । त्यसैलाई मध्यनजर गर्दै टेलिटक प्रालिले याे ब्राण्डका उत्पादन नेपाली बजारमा भित्र्याएको हाे ।
भित्रिएको केही समयमै बोटका उत्पादन नेपाली प्रयोगकर्ताको रोजाइमा पर्न थालिसकेको कम्पनीको दावी छ । विशेषगरी इयरफोन र इयरबड निकै रुचाइएको जनाइएको छ ।
कम्पनीले हाल बजारमा इयरफोन, नेक ब्याण्ड, इयर डोप्स (इयरबड) स्पिकर र डेटा केबल उपलब्ध गराएकाे छ ।
जसमा इयरफोन अन्तर्गत बोट ब्यासहेड्स १००, ब्यासहेड्स १५२, ब्यासहेड्स २२५ मोडल रहेका छन् । जसको बजार मूल्य क्रमशः ७९९, ९९९ र एक हजार ९९ रुपैयाँ रहेको छ ।
कम्पनीका अनुसार यी सबै प्रडक्टमा एक वर्षको वारेन्टी उपलब्ध छ । त्यस्तै नेक ब्याण्डमा रकर्ज २३५भी२ र २५५ प्रो गरी दुई प्रडक्ट छन् । जसको बजार मूल्य क्रमशः दुई हजार ३९९ र दुई हजार ७९९ रुपैयाँ तोकिएको छ ।
यसका साथै बजारमा सबैभन्दा रुचाइको प्रडक्ट इयर डोप्स अर्थात इयरबड हो । बोट इयरडोप्स १३१, इयरडोप्स ३८१, इयरडोप्स ४४१ गरी तीन फरक मोडल रहेका छन् । जसको मूल्य क्रमशः दुई हजार ९९९, चार हजार ७९९ र पाँच हजार ४९९ रूपैयाँ छ ।
कम्पनीका अनुसार नेक ब्याण्ड र इयर डोप्स दुवै प्रडक्टमा एक वर्षको वारेन्टी छ । त्यस्तै कम्पनीले बोट स्टोन १७० मोडलको स्पिकर समेत बजारमा उपलब्ध गराएको छ । जसको बजार मूल्य दुई हजार ९९९ रुपैयाँ तोकिएको छ ।
डेटा केबल अन्तर्गत बोट टाईपी-सी ए३२०, माइक्रो यूएसबी ५० र माइक्रो यूएसबी १५० रहेका छन् । जसको बजार मूल्य क्रमशः ३९९, ३९९ र ७९९ रुपैयाँ छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२
