close

बेजोस र मस्कलाई चुनौती दिन पर्यटक लक्षित स्पेस स्टेसन निर्माण गर्दै चीन

टेकपाना टेकपाना

चैत ९, २०७८ ११:१५

बेजोस र मस्कलाई चुनौती दिन पर्यटक लक्षित स्पेस स्टेसन निर्माण गर्दै चीन

काठमाडौं । चीनले पर्यटकलाई लक्षित गर्दै नयाँ स्पेस स्टेसन निर्माण गर्ने भएको छ । आउँदो १० वर्षभित्र यो परियोजनालाई सफल बनाउने गरी प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

जसको उद्धेश्य प्राइभेट अमेरिकन स्पेस टुरिस्ट ब्लु ओरिजनका मालिक जेफ बेजोस, स्पेस एक्सका मालिक एलन मस्क र  भर्जिन ग्ल्याटिक्सका मालिक रिचर्ड ब्र्यान्सनलाई चुनौती दिनु हो ।

चीनले सन् २०२१ मा तियांगङ स्पेस स्टेसन लन्च गरेका थियो । जुन चीनको बहुवर्षीय स्पेस स्टेसन प्रोजेक्टका रुपमा लिइएको छ । यसको अन्तिम मोड्युल यही वर्षको अन्त्यमा लञ्च हुने जनाइएकाे छ ।

चीन सरकारले पर्यटन लक्षित स्पेस स्टेसनको घोषणा गरेपनि यो कस्तो र कसरी काम गर्छ भन्ने विषयमा भने कुनै जानकारी उपलब्ध भएको छैन । तर, चिनीयाँ अधिकारीहरुले भने यसमा यात्रा गर्न अन्तरिक्षयान सम्बन्धी कुनै तालिमको आवश्यक नपर्ने बताएका छन् ।

सन् २००३ मा चीनबाट पहिलो अन्तरिक्षयात्री बनेका याङ लिवेले पर्यटकीय स्पेस स्टेसन प्रविधिको विकास मात्रै नभएर बजारको माग समेत भएको उल्लेख गरे ।

स्पेस स्टेसनका साथै चीनले पर्यटकमैत्री विभिन्न स्पेसक्राफ्टमा पनि काम गरिरहेको उल्लेख गरिएको छ । त्यस्ता स्पेसक्राफ्ट पुनः प्रयोगमा ल्याउन सकिने र एकै पटकमा सात जनासम्म यात्रा गर्न सकिने खालका रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२